केटीको ‘ग्याङ फाइट’मा छुरी हानाहान

केटीको ‘ग्याङ फाइट’मा छुरी हानाहान

केन्द्रबिन्दु
0
Shares

टपेन्द्र कार्की । ८ असार २०७४, काठमाडौं ।

केटाहरूको धेरै सुनिए पनि केटीहरूको ‘ग्याङ फाइट’ भने निकै कम देखिने गरेको छ । युवतीहरू सडकमै ओर्लिएर दुई पक्षीय भिडन्तमा उत्रेका कम घटनामध्ये मंगलबार राति छुरी हानहान भएको घटना पनि पर्छ, राजधानी दैनिकमा खवर छ ।

ललितपुर–१५ सातदोबाटो चोकनजिक काभ्रे बनेपा बस्ने १७ वर्षीया कोपिला गिरीलाई सलिना राई, आस्था राईसहितको समूहमा आएका केटीले छुरा प्रहार गरी घाइते बनाएका छन् । कोपिलाको सुमेरु अस्पताल धापाखेलमा उपचारभइरहेको छ ।

महानगरीय प्रहरी वृत्तले सातदोबाटोबाट घटनामा संलग्न पा“चजनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको र अन्य तीन फरार भएको जनाएको छ । ‘विभिन्न रेस्टुरेन्टमा काम गर्ने उनीहरू फेसबुकमा साथी बनेको र एकले अर्कोलाई अश्लील शब्दले गाली गरेको निहु“मा ग्याङ फाइट परेको रहेछ,’ सातदोबाटो प्रहरी वृत्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रामेश्वर यादवले भने, ‘एकले अर्को समूलाई आफूसँग ग्याङ रहेको बताउँदै फाइटको अफर गरिएको थियो ।’

सातदोबाटोमै कोपिला र सलिना भेट भएका थिए । कोपिलाले आफ्नो‘ग्याङ’ हात्तीवनमा रहेको बताएपछि उतै गएर ‘फाइट’ गर्ने सहमतिअनुसार केही मिनेट हि“डेपछि सलिनाले कोपिलामाथि छुरा प्रहार गरेकी थिइन् । त्यसक्रममा कोपिलाको समूह आइपुगे पनि प्रत्याक्रमण गर्न पाएन ।

‘ग्याङ फाइट’ का क्रममा पक्राउ पर्नेमा ओखलढुंगा रगनी घर भई काठमाडौं शान्तिनगर बस्ने १७ वर्षीया सलिना राई सुनुवार, नुवाकोट घर भई भक्तपुर गठ्ठाघर बस्ने १६ वर्षीया रिना मगर, सुनसरी घर भई बल्खु बस्ने २७ वर्षीया सुमन राई, कामना राई र ओखलढुंगा घर भई बौद्ध बस्ने १६ वर्षीया सजना सुनुवार छन् । उनीहरूले यसअघि पनि भक्तपुर बनेपा पुगेर ‘ग्याङ फाइट’ गर्ने योजना बनाएको डीएसपी यादवले जानकारी दिए ।

पक्राउ परेका सबैलाई अनुसन्धानका लागि जिल्ला अदालतबाट अनुमति लिइसकेको प्रहरीले जनाएको छ ।यसअघि २०७३ असोजमा पनि सोही स्थानमा ‘ग्याङ फाइट’ भएको थियो ।

मदिरा सेवन गरी ‘ग्याङ फाइट’ गर्ने सात युवतीलाई त्यतिबेला प्रहरीले पक्राउ गरेको थियो । बालकुमारीस्थित गुड विल डान्स बारमा मदिरा सेवन गरी छुट्टाछुट्टै समूह बनाई ‘ग्याङ फाइट’ गर्ने युवतीलाई सातदोबाटोबाटै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

त्यतिबेला श्रीया तामाङ, सन्जु गुरुङ, अनु गुरुङ, सुशीला तामाङको समूह र सोफिया तामाङ, रेश्मा थोकर, लक्ष्मी क्षेत्रीको समूहबीच ‘ग्याङ फाइट’ परेको थियो । उनीहरूले सँगै बसेर मदिरा सेवन गरेका थिए । मदिरा लाग्न थालेपछि अपशब्द बोल्दै उनीहरूले केटाको कुरा निकालेका थिए । त्यसपछि उनीहरूबीच ‘ग्याङ फाइट’ सुरु भएको थियो ।
राजधानी दैनिकवाट ।

Logo