बागी काँग्रेस उम्मेदवारलाई पार्टीले कारबाही गर्ने

बागी काँग्रेस उम्मेदवारलाई पार्टीले कारबाही गर्ने

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाढ्डौं, ७ असार ।

काठमाडौँ, ७ असार । नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उठ्ने बागी उम्मेदवारलाई कारबाही गर्ने भएको छ ।

काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी गर्दै यही असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उठ्नेलाई कारबाही गर्ने उल्लेख गरेका छन् ।

विज्ञप्तिमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध पार्टीका कुनै सदस्यले बागी उम्मेदवारी दर्ता गरी निर्वाचन आयोगद्वारा तोकिएको समयसीमाभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिए त्यस्ता उम्मेदवार र निजका प्रस्तावक एवम् समर्थकलाई कारबाही गरिने उल्लेख छ ।

काँग्रेसले त्यस्ता व्यक्तिलाई पार्टीको विधान २०१७ (संशोधित र परिमार्जित) को धारा ४९ (११) (ख) अनुसार पार्टीबाट स्वतः निष्काशन गर्ने जनाएको छ ।

Logo