पाक–अफगान सीमामा काँडेबार लगाइने

पाक–अफगान सीमामा काँडेबार लगाइने

केन्द्रबिन्दु
0
Shares

इस्लामाबाद (पाकिस्तान), ७ असार । पाकिस्तानी सेनाले सुरक्षाको समस्या देखाउँदै अफगानिस्तानसँगको सीमा क्षेत्रमा प्रवेशमा आवतजावतलाई सुरक्षित पार्ने अभियानस्वरुप सीमा क्षेत्रलाई स्पष्ट छुट्टाइने गरी छिट्टै बार लगाउने बताएको छ ।

पाकिस्तानी सेनाद्वारा मंगलबार जारी विज्ञप्तिमा सीमा क्षेत्रलाई घेर्ने क्रममा पहिलो चरणअन्तर्गत बाजुर, मोहमन्द र खैबर क्षेत्रमा बार लगाइने बताइएको छ ।

उक्त क्षेत्रबाट पाकिस्तान प्रवेश गरी पाकिस्तानमा सुरक्षा समस्या हुने गरेको इस्लामाबादको ठम्याइ छ ।

सेनाले नयाँ किल्ला र सीमास्तम्भ सुरक्षा निगरानी र रक्षात्मक शक्तिलाई सुदृढ गर्न सारिएको योजना भएको बताएको छ ।

सुरक्षित सीमा दुवै देशको हित र सुरक्षा संयन्त्रको राम्रो सहकार्यका लागि आवश्यक भन्दै यो दुवै देशको शान्ति र स्थायित्वका लागि भएको बताएको छ ।

दुई देशलाई दुई हजार ४०० ‘ड्युरान्ड लाइन’ ले बेलायती शासकद्वारा सन् १८९६ मा विभाजित गरिएको थियो । काबुलले यसलाई आधिकारिक रूपमा अन्तर्रा्ष्ट्रिय सिमानाका रूपमा स्वीकार गरेको छैन । रासस/एपी

Logo