योग दिवसमा विश्व रेकर्ड राख्ने बाबा रामदेवको विश्वास

योग दिवसमा विश्व रेकर्ड राख्ने बाबा रामदेवको विश्वास

केन्द्रबिन्दु
0
Shares

दिल्ली : तेस्रो अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा बाबा रामदेव विभिन्न कार्यक्रममा सहभागी भएका छन् । योगगुरु रामदेवले भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहसँगै अहमदाबादमा भएको एक कार्यक्रममा भाग लिए । यस कार्यक्रममा सवा लाख मानिसहरु सहभागी थिए ।
रामदेवले आजै अहमदावादमा आयोजना गर्ने योग शिविरमा ५ लाखभन्दा बढी सहभागी हुने अनुमान लगाइएको छ । बाबा रामदेवले यो कार्यक्रममा उपस्थित हुनेहरुको संख्या विश्व रेकर्ड बन्ने दाबी गरेका छन् । गिजिन बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउनका लागि अहिले उनका समर्थकहरुले सहभागी हुनेहरुको हस्ताक्ष संकलनको काम गरिरहेका छन् ।

योग दिवसकै अवसरमा नेपाल, भारतसहित विश्वका थुप्रै देशका विविध कार्यक्रम आयोजना भएका छन् । भारतको दिल्ली राज्यका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा योग गरेका छन् ।
भारतकै राजकोटमा पनि विश्व रेकर्ड राख्नेगरी योगको अभ्यास हुँदैछ । यहाँ आयोजना हुने योग शिविरमा १ हजार महिला सहभागी हुनेछन् । ४५ देखि ५० मिनेटसम्म चल्ने योग शिविरमा पूरुषहरुले भाग लिन पाउने छैनन् ।
डिसेम्बर २०१४ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले २१ जूनमा योग दिवस मनाउने निर्णय गरेको थियो । त्यसपछि राजपथमा पहिलोपटक सन् २०१५ मा अन्तर्राष्ट्रिय योग शिविर आयोजना भएको थियो । यस शिविरमा १ सय १९ देशका प्रतिनिधि सहभागि थिए ।

Logo