छोरीलाई घुमाउन घर र कम्पनी बेच्ने बाबु

छोरीलाई घुमाउन घर र कम्पनी बेच्ने बाबु

केन्द्रबिन्दु
0
Shares

आफ्नी छोरीलाई तपाई कत्तिको माया गर्नुहुन्छ ? चीनका एक व्यवसायिले आफ्नी छोरीको रहर पुरा गर्न घर र कम्पनी बेचेका छन् । घर र कम्पनीको शेयर बेचेबापत प्राप्त ३ लाख अमेरिकी डलरले उनी अहिले आफ्नी दुई वर्षिया छोरीसँगै विश्व भ्रमणमा छन् । झू चुनसिआयो भन्छन्, यदी मैलेँ अहिले उनीसँग समय बिताइन भने भोली उनी ठूलो भइसकेपछि उनीसँगै समय बिताउने मौका गुमाउनेछु । कोरियाली मूलका झू पछिल्लो १० वर्षदेखी सांघाईमा बस्दै आएका थिए । सफल व्यवसायि बनेपछि उनले सहज र शान्दार जीवन बिताउँदै आए । तर आफ्नी छोरीलाई वास्तविक विश्व देखाउनका लािग उनले सबै त्याग्ने निर्णय लिए । उनीहरुले चीनको सेन्जेन प्रान्तबाट २ वर्षअघि आफ्नो भ्रमण सुरु गरेका थिए। अझै उनी ३ वर्षसम्म छोरीसँगै विश्व भ्रमणमा हुनेछन् । झूले आफ्नी छोरीलाई विभिन्न स्थानिय भाषा संस्कृतिका विषयमा समेत जानकारी गराउन यस्तो भ्रमण सुरु गरेको बताएका छन् । उनले चीनको उत्तरपूर्वी जिलिन प्राप्त पुग्ने क्रममा ९ हजार माइल्स यात्रा गरेका थिए ।

Logo