राष्ट्रपतिको मासिक तलब डेढ लाख

राष्ट्रपतिको मासिक तलब डेढ लाख

केन्द्रबिन्दु
0
Shares

६ असार २०७४ काठमाडौं

राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएसँगै राष्ट्रपति र उपराष्ट्रपतिका लागि सरकारले मासिख खर्च करिब २ लाख ६३ हजार रुपैयाँ बेहोर्ने भएको छ ।

राष्ट्रपतिका लागि १ लाख ५२ हजार ५ सय ३४ र उपराष्ट्रपतिका लागि १ लाख ९ हजार ६ सय ९६ रुपैयाँ मासिक खर्च हुने विधेयकमा उल्लेख छ ।

राष्ट्रपतिका लागि पारिश्रमिक शीर्षकमा मासिक १ लाख ५० हजार ४ सय ५० रुपैयाँ र पोसाक सुविधा शीर्षकमा २ हजार ८४ रुपैयाँ, उपराष्ट्रपतिका लागि पारिश्रमिक शीर्षकमा मासिक १ लाख ९८ हजार ३० रुपैयाँ र पोसाक सुविधा शीर्षकमा १ हजार ६ सय ६६ रुपैयाँ उपलब्ध गराइने गरी विधेयक पारित भएको छ ।

राष्ट्रपति र उपराष्ट्रपतिका लागि विधेयक बनेसँगै सरकारले २ लाख ६२ हजार २३० रुपैयाँ बेहोर्ने छ ।
नेपाल समाचारपत्रवाट ।

Logo