सिन्धुली, ५ असार । प्रहरी नियन्त्रणमा रहेका एक व्यक्ति गए राति फरार भएका छन् । सबै प्रहरी सुतिरहेको अवस्थामा सिन्धुलीको चकमके प्रहरी चौकीबाट हतकडीसहित उनी फरार  भएका हुन्  । "/>

पक्राउ परेको व्यक्ति हतकडीसहित फरार

पक्राउ परेको व्यक्ति हतकडीसहित फरार

केन्द्रबिन्दु
0
Shares

सिन्धुली, ५ असार । प्रहरी नियन्त्रणमा रहेका एक व्यक्ति गए राति फरार भएका छन् ।

सबै प्रहरी सुतिरहेको अवस्थामा सिन्धुलीको चकमके प्रहरी चौकीबाट हतकडीसहित उनी फरार  भएका हुन्  ।

फरार हुनेमा तीनपाटन गाउँपालिका–११ लाम्पान्टारका २३ वर्षीय चन्द्रबहादुर श्रेष्ठ  रहेका छन् ।

श्रेष्ठले मदिरा सेवन गरी श्रीमती, परिवारका सदस्य तथा छिमेकी समेतलाई कुटपिट गरेको उजुरी परेपछि प्रहरी चौकी चकमकेले आइतबार उनलाई पक्राउ गरेको थियो । पक्राउ गरिएका श्रेष्ठलाई प्रहरी चौकीमा नै प्लास्टिकको कुर्सीमा पछाडि हात राखेर बाँधी हतकडी लगाएको थियो ।

फरार श्रेष्ठको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सुभाषचन्द्र बोहोराले बताए । रासस

Logo