पेनेल (पोर्चुगल),  ५ असार । पोर्चुगलको मध्यभागमा पर्ने एउटा जङ्गलमा भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या ५७ नाघेको छ ।

घटनामा अन्य कैयौँ घाइते भएका सरकारी अधिकारीले जनाएका छन । "/>

पोर्चुगलको आगलागीमा मर्नेको सङ्ख्या ५७ नाघ्यो

पोर्चुगलको आगलागीमा मर्नेको सङ्ख्या ५७ नाघ्यो

केन्द्रबिन्दु
0
Shares

पेनेल (पोर्चुगल),  ५ असार । पोर्चुगलको मध्यभागमा पर्ने एउटा जङ्गलमा भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या ५७ नाघेको छ ।

घटनामा अन्य कैयौँ घाइते भएका सरकारी अधिकारीले जनाएका छन । मृत्यु भएकामध्ये अधिकांश कारभित्रै जलेका थिए भने घाइते हुनेमा अग्नीनियन्त्रकसमेत रहेका छन् ।


आगलागी नियन्त्रणको लागि करिब छ सय अग्नीनियन्त्रक र १६० भन्दाबढी सवारी साधन परिचालन गरिएको छ ।

लिस्बोनबाट करिब १५० किलोमिटर उत्तरपूर्वमा रहेको लैरीया जिल्लाको पेद्रोगाओ ग्रान्दे क्षेत्रबाट शनिबार अबेर सो आगलागी सुरु भएको अधिकारीहरुले बताएका छन् ।

यस घटनापछि त्यहाँका प्रधानमन्त्री इन्टोनिओ कास्टोले आफूहरुले त्रासदी र वियोगको सामना गरिरहेको र मृतकको सङ्ख्या अझै बढ्न सक्नेसमेत जानकारी दिनुभएको छ ।

आन्तरिक मामिला मन्त्रालयका एक अधिकारीका अनुसार पेद्रोगाओ ग्रान्दे जिल्लामा बनमा आगलागीका माझमा फसेर रहेका १६ जनाको ज्यान गएको थियो । त्यसैगरी तीनजनाको भने धुवाँले निसास्सिर ज्यान गएको पनि जानकारी दिएका थिए ।

पेद्रोगाओ नगरमा मेयरका अनुसार आगलागी नियन्त्रण गर्नको लागि पर्याप्त अग्नीनियन्त्रक नभएको र आगलागाीको कारण अहिलेसम्म प्रष्ट हुन नसकेको जानकारी दिएका छन् ।


घाइतेमध्ये कैयौँको अवस्था चिन्ताजनक भएको हुनाले मृतकको सङ्ख्या बढ्न सक्ने पनि अनुमान गरिएको छ ।

गृह मन्त्रालयका सचिव जर्ज गोम्सले आगलागीमा परेर ५७ जनाको मृत्यु भएको र अरु ५९ जना घाइते भएको जानकारी दिनुभयो ।

पोर्चुगलका अधिकांश स्थानमा हाल ४० डिग्री सेल्सियसको हाराहारीमा तापक्रम रहेकाले अत्याधिक गर्मी भई सजिलै आगलागी हुने गरेको छ । गत वर्ष पनि झन्डै एक लाख हेक्टर क्षेत्रफलको जङ्गलमा आगलागी भएको थियो । रासस/सिन्ह्वा

Logo