लन्डन, ५ असार । उत्तरी लन्डनमा अवस्थित एक मस्जिदनजिकै सोमबार बिहान  अर्को आतङ्ककारी हमला भएको समाचार छ ।

एकजना सवारी चालकले आफ्नो भ्यान लगेर पदयात्रीमाथि ठोकाएको र उनीहरुमाथिबाट गुडाएको सो घटनालाई बेलायती प्रधानमन्त्री टेरेजा मेले सम्भावित आतङ्ककारी हमला भन्नुभएको छ । "/>

लन्डनमा फेरि ‘आतङ्ककारी’ हमला, एकको मृत्यु

लन्डनमा फेरि ‘आतङ्ककारी’ हमला, एकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

लन्डन, ५ असार । उत्तरी लन्डनमा अवस्थित एक मस्जिदनजिकै सोमबार बिहान  अर्को आतङ्ककारी हमला भएको समाचार छ ।

एकजना सवारी चालकले आफ्नो भ्यान लगेर पदयात्रीमाथि ठोकाएको र उनीहरुमाथिबाट गुडाएको सो घटनालाई बेलायती प्रधानमन्त्री टेरेजा मेले सम्भावित आतङ्ककारी हमला भन्नुभएको छ ।

त्यस व्यक्तिले पैदल सडक किनाराबाट हिँडिरहेका यात्रुमाथि भ्यान लगेर ठोकाएको र भूईमा ढलेका व्यक्तिमाथिबाटै सो भ्यान कुदाएको थियो ।

त्यस आक्रमणमा परी एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य आठ घाइते भएका लन्डन प्रहरीले सोमबार जानकारी दिएको छ ।

यस घटनालाई आतङ्ककारी हमलाको रुपमा हेरिएकोले अधिकारीहरुले अनुसन्धान सुरु गरिसकेको जनाएका छन् ।
भ्यान चालक ४८ बर्षीय व्यक्तिलाई सो सडकमा रहेका सर्वसाधारणले पक्राउ गरेर प्रहरीलाई बुझाइदिएको जनाएका छन् ।

सो घटनास्थलनजिकै एक मस्जिद छ । त्यहाँ मध्यरातदेखि नै प्रार्थना सुरु भएको थियो । सो प्रार्थनापछि घर जान बाहिर निस्केका व्यक्तिहरुलाई लक्षित गरेर यो आक्रमण भएको एक मुस्लिम नेताले जानकारी दिएका छन् ।

बेलायतमा यसअघि पनि मुस्लिम लक्षित आक्रमणको प्रयास भएको र यसमा पनि सोही प्रकृतिको हमला भएको ती मुस्लिम नेताले बताएका छन् ।

प्रधानमन्त्री मेले यसलाई पनि आतङ्ककारी हमलाकै संज्ञा दिनुभएको छ । उहाँले यसअघि जस्तै यो हमला पनि हिंस्रक रहेको र आतङ्ककारी प्रकृतिको रहेको बताउनुभएको छ ।

लन्डनका मेयर सादिक खानले यस आक्रमणलाई मुस्लिमका विरुद्धको नियोजित हमलाको संज्ञा दिएका छन् । उनले भनेका छन्– लन्डनमा यस्तो प्रकृतिको मुस्लिम विरुद्धको हमला केही समययतादेखि हुने गरेको छ, सोमबारको हमला पनि यस्तै प्रकृतिको हो ।

प्रधानमन्त्री मेले यस विषयमा आवश्यक छलफलका लागि भन्दै सोमबारै अबेरतिर मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाउनुभएको छ ।

यसअघि लन्डनमा इस्लामिक आतङ्ककारी समूहआवद्ध समूहका तर्फबाट जिम्मेवारी लिइएका दुईवटा आक्रमण भएका छन् ।

सोमबार बिहानको भएको आक्रमणका आठजना घाइतेको तीन वटा छुट्टाछुट्टै अस्पतालमा भर्ना गरिएको प्रहरीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

अन्य दुई सामान्य घाइतरु उपचारपछि घर फर्किएका छन् । यस घटनाको जिम्मेवारी कसैले लिएको छैन । रासस/एएफपी

Logo