काँकडभिट्टा (झापा), ५ असार । दोस्रो चरणअन्तर्गत असार १४ गते हुने स्थानीय तह निर्वाचनका लागि झापामा मात्रै तीन हजार ३६६  र तेह्रथुममा ७८६ जनाले मनोनयन दर्ता गराएका छन् । "/>

झापामा ३,३३६ र तेह्रथुममा ७८६ मनोनयन दर्ता

झापामा ३,३३६ र तेह्रथुममा ७८६ मनोनयन दर्ता

केन्द्रबिन्दु
0
Shares

 काँकडभिट्टा (झापा), ५ असार । दोस्रो चरणअन्तर्गत असार १४ गते हुने स्थानीय तह निर्वाचनका लागि झापामा मात्रै तीन हजार ३६६  र तेह्रथुममा ७८६ जनाले मनोनयन दर्ता गराएका छन् ।

मुख्य निर्वाचन अधिकृत सुदर्शनराज पाण्डेका अनुसार झापामा नगर प्रमुख तथा गाउँपालिकाका अध्यक्ष पदमा १२९ जना र उपप्रमुख तथा उपाध्यक्षमा १६५ जनाले मनोनयन दर्ता गराएका छन् भने १३१ वडा अध्यक्ष पदका लागि ७३२ जनाले मनोनयन दर्ता गराएका छन् ।

महिला सदस्य पदका लागि ६०३ जना, दलित महिला सदस्यका लागि ५१८ जना र खुल्ला सदस्य पदका लागि एक हजार २७६ जनाले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत अधिकृत पाण्डेले जानकारी गराउनुभयो ।

आइतबार भएको मनोनयन दर्तामा सबैभन्दा बढी मेचीनगर नगरपालिकामा ३७७ जनाले मनोनयन दर्ता गराएका निर्वाचन अधिकृत इन्दिरा शर्माले बताउनुभयो ।

त्यसैगरी, भद्रपुर नगरपालिकामा २९६, दमक नगरपालिकामा २९१, अर्जुनधारा नगरपालिकामा २८८, शिवसताक्षी नगरपालिकामा २८३, बिर्तामोड नगरपालिकामा २५३, गौरादह नगरपालिकामा २२० र कन्काई नगरपालिकामा १९६ जनाले मनोनयन दर्ता गराएको नगरपालिकाका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै झापाका गाउँपालिकामध्ये सबैभन्दा बढी कमल गाउँपालिकामा १८३ जनाले मनोनयन दर्ता गराएका छन् ।

कचनकवल गाउँपालिकामा १७९, गौरीगञ्ज गाउँपालिकामा १७७, बाह्रदशी गाउँपालिकामा १७५, बुद्धशान्ति गाउँपालिकामा १६९, झापा गाउँपालिकामा १५६ र सबैभन्दा कम मनोनयन दर्ता भएको हल्दिबारी गाउँपालिकामा १२३ जनाको उम्मेदवारी दर्ता भएका छन् ।

दर्ता भएका उम्मेदवारउपर कुनै दाबी विरोध भए आज त्यसको निवेदन दिन सकिने र मङ्गलबार त्यसको छानबिन गरी उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिने मुख्य निर्वाचन अधिकृत पाण्डेले जानकारी दिनुभयो ।

 यसैगरी तेह्रथुम जिल्लामा दोस्रो चरणमा हुने स्थानीय तह निर्वाचनका लागि दलले उत्साहपूर्वक उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

जिल्लाको दुईवटा नगरपालिका र चार गाउँपालिकामा २२७ पदका लागि ७८६ जनाले मनोनयन दर्ता गराएका छन् । जिल्ला निर्वाचन अधिकारी निर्मलकुमार राईका अनुसार म्याङलुङ नगरपालिकामा ५२ पदका लागि १८६ उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । लालीगुराँस नगरपालिकामा ४७ पदका लागि १४९, आठराई गाउँपालिकामा ३७ पदका लागि १३१, फेदाप गाउँपालिकामा २७ पदका लागि ८८, मेन्छ्यायेम गाउँपालिकामा ३२ पदका लागि १०० र छथर गाउँपालिकामा ३२ पदका लागि १३२ जनाले मनोनयन दर्ता गराएका छन् ।

प्रमुख÷अध्यक्ष पदमा म्याङलुङ नगरपालिकामा नौ, लालीगुराँस नगरपालिकामा सात, मेन्छ्यायेम गाउँपालिकामा चार, फेदाप गाउँपालिकामा पाँच, आठराई गाउँपालिकामा छ तथा छथर गाउँपालिकामा ११ जनाले मनोनयन दर्ता गराएका छन् भने उपप्रमुख÷उपाध्यक्षमा म्याङलुङ नगरपालिकामा छ, मेन्छ्यायेम नगरपालिकामा चार, फेदाप र लालीगुराँस गाउँपालिकामा चार÷चार, आठराईमा पाँच तथा छथरमा छ जनाले मनोनयन दर्ता गराएका छन् ।

यस्तै, ४३ जना निर्वाचित हुने वडाध्यक्षका लागि १६९, महिला सदस्य पदका लागि १३४, दलित महिला सदस्यमा ११७ र ८६ खुला सदस्यमा २९३ जनाले मनोनयन दर्ता गराएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

चौध वटा दल दर्ता भएकामा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्ति नेपाल, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेकपा (माले), राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र मधेसी जनअधिकार फोरमले मात्र उम्मेदवारी दिएका छन् । रासस

Logo