भक्तपुर, ४ असार । यती कार्पेट कारखानामा पुनः आगलागी भएको छ ।

भक्तपुर नगरपालिका–२, इँट्टापाकेस्थित सो कारखानामा गए राति ११ बजे लागेको आगो आज बिहान ८ बजे नियन्त्रणमा आए पनि अपराह्न १ बजे पुनः आगलागी भएको हो । "/>

यती कार्पेटमा पुनः आगलागी

यती कार्पेटमा पुनः आगलागी

केन्द्रबिन्दु
0
Shares

भक्तपुर, ४ असार । यती कार्पेट कारखानामा पुनः आगलागी भएको छ ।

भक्तपुर नगरपालिका–२, इँट्टापाकेस्थित सो कारखानामा गए राति ११ बजे लागेको आगो आज बिहान ८ बजे नियन्त्रणमा आए पनि अपराह्न १ बजे पुनः आगलागी भएको हो ।

पुनः लागेको आगोले कारखानासँगै रहेको कृष्णराम पाँटीको तीनतले घरमा समेत क्षति पुगेको छ ।

अपराह्नको आगो आधा घन्टापछि जुद्ध वारुणयन्त्र भक्तपुरका दुई दमकल र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको एक ट्यांकरको सहायताले नियन्त्रणमा लिइएको थियो ।

पुनः आगलागी हुनु केही अघि आगलागीबाट रु एक अर्ब ५० करोडभन्दा बढीको सामग्री क्षति भएको प्रारम्भिक अनुमान गरिएको उद्योगका व्यवस्थापक धर्मेन्द्र यादवले जानकारी दिनुभएको थियो ।

उद्योगपति अनिल केडियाद्वारा सञ्चालित उक्त उद्योगमा ट्रान्सफर्मर पड्किएर आगो लागेको परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनुभयो ।

आगलागीबाट उद्योगकै दुई दुई सवारी साधन र पक्की भवन, जस्ताका पाँच टहरा र उद्योगसँगै जोडिएको सर्वसाधारणको एउटा पक्की भवन जलेर क्षतिग्रस्त भएको छ । सय जना मजदुर कार्यरत उद्योगमा राति ३५जना कार्यरत भए पनि मानवीय क्षति भने नभएको यादवले बताउनुभएको थियो । रासस

Logo