खुला दिसामुक्त घोषणामा विसंगतिः भान्सा र सुत्ने कोठामै चर्पी

खुला दिसामुक्त घोषणामा विसंगतिः भान्सा र सुत्ने कोठामै चर्पी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २ असार । सिराहको सखुवानकारकट्टी गाउँपालिका–३ मिर्जापुरस्थित मुसहर बस्तीलाई खुला दिसामुक्त घोषणा गर्ने गाउँलेका भान्साकोठा र सुत्नेकोठामै चर्पीका प्यान जडान गरेर चर्पी बनेको रेकर्ड बनाइएको पाइएको छ ।

चर्पी बनाउन ठाउँ नभएका विपन्न समुदायको बस्तीमा भान्सा र सुत्ने कोठामै चर्पीको प्यान जडान गरिएको समाचार आजको नागरिक दैनिकमा छापिएको छ।

खुला दिसामुक्त घोषणा गर्न बनाइएका त्यस्ता चर्पी प्रयोगविहीन छ। सुत्ने कोठा, भान्सा कोठामै चर्पी बनाइएपछि गाउँलोहरु साविक झैं झाडी र चौरमा दिसा–पिसाब गर्न जाने गर्छन्। खुला दिसामुक्त क्षेत्रको घोषणा कागजमै सीमित भएको छ।

चौरमा दिसा गरे रोग फैलिन्छ भनेर हाकिमहरु आएर चुल्होमै जोडेरै चर्पी बनाइदिएको नरहाकी भुली सदायाले बताइन्। आफूहरुले केही बोले हाकिमहरुले हप्काएर बोल्नै नदिने उनले बताइन्।

Logo