अन्तर–विद्यालय बास्केटबल : ग्रिनल्यान्ड र ईडेन ब्रिज गर्ल्सको फाइनलमा

अन्तर–विद्यालय बास्केटबल : ग्रिनल्यान्ड र ईडेन ब्रिज गर्ल्सको फाइनलमा

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, १ असार ।

तेश्रो लालीगुराँस अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा ग्रिनल्यान्ड र ईडेन ब्रिज एकेडेमी सिनियर गल्र्सतर्फको उपाधिका लागि भिड्ने भएका छन् ।

बिहबिार भएको खेलमा ग्रिनल्यान्ड ले युनिभर्सलको चुनौती २७–११ ले समाप्त पार्यो । विजयी टिमका लागि अरीक्षा खड्काले १६ स्कोर गरिन् ।

त्यसैगरी ईडेनले हिमालयन एकेडेमीको यात्रा २४–१३ ले पूर्णविराम लगायो । ईडेनकी सुम्निमा खड्काले १८ अंक जोडिन् । गल्र्सको स्पर्धा पहिलो पटक समावेश गरिएको हो ।

आजै बिहीबार भएका अन्य खेलमा आयोजक लालीगुराँस नेसनल एकेडेमी ‘ए’ र सामाखुशी इङलिस बोर्डिङ स्कुल (सेब) प्रतियोगिताको जुनियर ब्वाइजतर्फ फाइनलमा प्रवेश गरेका छन् ।
मनमैजुस्थित घरेलु कोर्टमा पहिलो संस्करणको विजेता लालीगुराँसले महामञ्जुश्रीलाई ३७–२७ ले पराजित ग¥यो । लालीगुराँसको जितमा सदाझै सर्वाधिक स्कोर गर्ने क्रममा प्रिन्स केसीले १३ अंक योगदान गरे ।

सेबले नेरिकलाई २७–२४ को साँघुरो अन्तरले हरायो । सेबका बाबुराम पुनले १२ अंक जोडे ।

Logo