बैतडी, १ असार । बैतडीको पुरचौडी नगरपालिका–७ मा वडा अध्यक्ष पदका लागि बुबा–छोरा उम्मेदवार बनेका छन् ।

पुरचौडी नगरपालिका–७ मा नेकपा (एमाले) का तर्फबाट ६८ वर्षीय नागी साउद अध्यक्ष पदका उम्मेदवार बनेका छन् भने उनका छोरा उज्ज्वल साउद नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पदका उम्मेदवार बन्नुभएको छ । "/>

बाबु एमालेबाट, छोरा माओवादीबाट उम्मेदवार

बाबु एमालेबाट, छोरा माओवादीबाट उम्मेदवार

केन्द्रबिन्दु
0
Shares

बैतडी, १ असार । बैतडीको पुरचौडी नगरपालिका–७ मा वडा अध्यक्ष पदका लागि बुबा–छोरा उम्मेदवार बनेका छन् ।

पुरचौडी नगरपालिका–७ मा नेकपा (एमाले) का तर्फबाट ६८ वर्षीय नागी साउद अध्यक्ष पदका उम्मेदवार बनेका छन् भने उनका छोरा उज्ज्वल साउद नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पदका उम्मेदवार बन्नुभएको छ । नाताले बुबाछोरा भए पनि वैचारिक भिन्नता भएपछि आफूहरु अलगअलग पार्टीबाट उम्मेदवार बनेको उज्ज्वल साउदले बताए ।

उज्ज्वलका बुबा नागी पनि अहिले चुनावी प्रचारप्रसारमा जुटेका छन्  । विसं २०५४ को स्थानीय निर्वाचनमा साविकको कोटिला गाविसको अध्यक्ष पदमा निर्वाचित भएर काम गरेको अनुभव भएकाले आफूले अहिले पनि उम्मेदवारी दिएको उनले बताए।

बुबाछोरा उम्मेदवार बनेपछि दुवैले आफ्नै किसिमले प्रचारप्रसार गरिरहेका छन् । पहिलेको निर्वाचनमा जितेको र सबैले चिनेका व्यक्ति भएकाले आफूले वडा अध्यक्ष पदमा जित्ने नागी बताउँछन् । उज्ज्वल आफू युवा वर्गको समर्थनमा जित्ने दाबी  गर्छन् ।

एकैघरका दुईजना उम्मेदवार बनेपछि घरपरिवारका अन्य सदस्यलाई भने मतदानका विषयमा अलमल परेको छ । नागीकी श्रीमती एवम् उज्ज्वलकी आमा नन्दालाई सबैभन्दा बढी समस्या भएको छ । श्रीमान् र छोरा दुवै उम्मेदवार बनेपछि उहाँ कसैलाई पनि भोट नहाल्ने मनस्थितिमा पुगेका छन् । रासस

Logo