मनोनयन दर्ता पूर्वघोषित असार २ को सट्टा दुई दिन सारे

असार ४ गते आइतबार निर्धारित

संविधान संशोधनको माग राखी आन्दोलनरत मधेस केन्द्रित दलहरूलाई स्थानीय तहको निर्वाचनमा सहभागी गराउने उद्देश्यले सरकारले निर्वाचन आयोगको असहमतिका बाबजुद प्रदेश नं. २ मा स्थानीय तह निर्वाचन तेस्रो चरणमा मात्र गर्ने निर्णय गरेको छ । "/>

नहुने भयो असार १४ गते प्रदेश नं २ मा निर्वाचन

नहुने भयो असार १४ गते प्रदेश नं २ मा निर्वाचन

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौँ, १ असार ।

      मनोनयन दर्ता पूर्वघोषित असार २ को सट्टा दुई दिन सारे

असार ४ गते आइतबार निर्धारित

संविधान संशोधनको माग राखी आन्दोलनरत मधेस केन्द्रित दलहरूलाई स्थानीय तहको निर्वाचनमा सहभागी गराउने उद्देश्यले सरकारले निर्वाचन आयोगको असहमतिका बाबजुद प्रदेश नं. २ मा स्थानीय तह निर्वाचन तेस्रो चरणमा मात्र गर्ने निर्णय गरेको छ । राष्ट्रिय जनता पार्टीको यो निर्वाचनमा सुनिश्चितता हासिल गर्न यो अस्त्र प्रयोग गरिएको छ । अन्य तीन प्रदेश १, ५ र ७ मा भने पूर्वनिर्धारित कार्यक्रमअनुसार असार १४ गते नै निर्वाचन हुने भएको छ ।

प्रदेश नं १, २, ५ र ७ को निर्वाचन यही असार १४ गतेका लागि तोकिएकामा राजपाले आफ्ना माग पूरा नभएसम्म निर्वाचनमा भाग नलिने जनाएपछि सत्तारुढ दलले २ नं प्रदेशको निर्वाचन तेस्रो चरणमा गर्न सहमति जनाएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहीबार सत्तारुढ दल र राजपाका शीर्ष नेताबीचको छलफलले अन्य प्रदेशमा असार १४ गते नै निर्वाचन गर्ने र प्रदेश नं २ मा निर्वाचन आयोगको परामर्शमा तेस्रो चरणमा गर्ने समझदारी भएको नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले जानकारी दिए ।

उनले राजपालाई निर्वाचनमा सहभागी गराउन सबै प्रकारका प्रयास र गृहकार्य भइरहेको सन्दर्भमा आजको छलफल उपलब्धिमूलक रहेको पनि बताए ।

यो समझदारी पछि असार १४ मा हुने निर्वाचनका लागि उम्मेदवारी मनोनयनको समय केही दिन थप्न आयोगलाई आग्रह गरिने निधिले बताए ।

नेकपा (माओवादी केन्द्र) का प्रवक्ता पम्फा भुसालले यो सहमतिपछि राजपा निर्वाचनमा आउने आफूहरुले अपेक्षा गरेको बताउँदै आयोगको परामर्शमा सरकारले अन्य आवश्यक निर्णय लिने बताइन् ।
यसअघि सत्तारुढ दल र निर्वाचन आयोगबीचको छलफलमा आयोगले सकेसम्म निर्वाचनको मिति तेस्रो चरणमा नपु¥याउन सुझाव दिएको थियो ।

काँग्रेसका नेता रामचन्द्र पौडेलले संवैधानिक दायित्व, मुलुकको भौगोलिक स्थिति अन्य तहका निर्वाचन गर्नुपर्ने कार्यभारले गर्दा स्थानीय तहको निर्वाचनको मिति पटक पटक सार्दा निर्वाचन राजनीतिक दुर्घटना (पोलिटिकल, इलेक्ट्रोरल, डिजास्टर) हुने आयोगले सुझाव दिएको प्रतिक्रिया दिनुभयो ।

गृहमन्त्री जनार्दन शर्माले सुरक्षाका हिसाबले सबै प्रदेशमा निर्वाचन गर्न सकिने स्थिति भए पनि राजनीतिक सहमतिका आधारमा २ नं प्रदेशको निर्वाचन तेस्रो चरणमा गर्ने विषयमा छलफल भएको बताए ।

प्रदेश नं २ को निर्वाचन सारेर तेस्रो चरणमा गर्ने सहमति भइसक्दा पनि राजपा स्थानीय तहको निर्वाचनमा सहभागी हुने नहुने निश्चित भएको छैन । सहभागितासम्बन्धी कुनै संकेत उसले दिएको छैन ।

यसैबीच असार १४ गते हुने दोस्रो चरण निर्वाचनका लागि मनोनयन दर्ता पूर्वघोषित असार २ गतेको सट्टा दुई दिन समय सारेर अब असार ४ गते आइतबारको समय निर्धारित गरिएको छ ।

Logo