फ्रान्सका प्रत्येक पाँचजनामा एक बालिकाको तौल सामान्यभन्दा कम

फ्रान्सका प्रत्येक पाँचजनामा एक बालिकाको तौल सामान्यभन्दा कम

केन्द्रबिन्दु
0
Shares

पेरिस (फ्रान्स), ३१ जेठ । फ्रान्समा प्रत्येक पाँच बालिकामध्ये एकजनाको सामान्यभन्दा कम तौल रहने गरेको मंगलबार सार्वजनिक एक अध्ययन प्रतिवेदनमा जनाइएको छ ।

फ्रान्सको जनस्वास्थ्य संस्थाले सन् २०१५ मा ११ वर्षदेखि १४ वर्ष उमेर समूहका १९.६ प्रतिशत बालिकाको आवश्यकभन्दा कम तौल भएको भेटिएको र यो एक दशक पहिलेको तथ्यांकको तुलनामा पाँच गुणा बढी हो ।

त्यसैगरी ६ वर्ष देखि १७ वर्ष उमेर समूहमा १३ प्रतिशत बालिकाको कम तौल पाइएको र यो एक दशक पहिलेको तुलनामा आठ प्रतिशत वृद्धि हो ।

तर सान्ट पब्लिक फ्रान्सका शोधकर्ता बेनोइट सालानाभले अध्ययनप्रति शंका व्यक्त गर्दै छिट्टै निष्कर्ष निकाली नहाल्न आग्रह गरेका छन् । उनले भने, ‘हामीले प्रतिवेदनबारे पूर्ण व्याख्या नपाएको कारण यसमा गहिरो रूपमा अध्ययन गर्न जरुरी छ । मुलुकको धेरै भागमा बालिकाहरू दुब्ला मात्रै भेटिएका थिए । यो ‘प्याथोलोजी’ र ‘एनोरेक्सिया’ का कारण होइन ।’

यदि प्रतिवेदन सही भएमा पनि फ्रान्सेली अधिकारीले अन्य देशले मोटोपनामा देखाउनुपर्ने चासोजस्तै कम तौल भएका बालबालिकाका लागि विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।

‘न्यु इङ्ल्याण्ड जोर्नल अफ मेडिसिन’ द्वारा सोमबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा विश्वभर १० करोड ७० लाख बालबालिका र छ करोड तीन लाख वयस्क व्यक्तिमा मोटोपनसम्बन्धी समस्या भेटिएको जनाइएको थियो । रासस/एएफपी

Logo