डा सुरेशकुमार कनोडिया[/caption]केन्द्रबिन्दु डेस्क । "/>

नेपालगञ्ज मेयरका काँग्रेस उम्मेदवारको गाडीमा तोडफोड

नेपालगञ्ज मेयरका काँग्रेस उम्मेदवारको गाडीमा तोडफोड

केन्द्रबिन्दु
0
Shares

 

डा सुरेशकुमार कनोडिया

केन्द्रबिन्दु डेस्क । बाँके, ३० जेठ ।

नेपालगन्ज उपमहानगरपालिकाका नेपाली काँग्रेसको तर्फबाट मेयर पदका उम्मेदवार डा सुरेशकुमार कनोडियाको गाडीमा आज बिहान तोडफोड भएको खबर छ ।

प्रहरी स्रोतका अनुसार, नगरको वडा नम्बर २२ पुरैनामा भइरहेको घरदैलो कार्यक्रममा प्रमुख उम्मेदवार डा कनोडियालाई छोडी सम्पर्क कार्यालय फर्कँदै गरेको बा १४ च १३८७ नम्बरको स्कारपियो गाडीलाई त्रिभुवनचोक, नेपालगन्जमा राष्ट्रिय जनता पार्टीका नेता ललितकुमार रौनियारले ढुङ्गा प्रहार गरी तोडफोड गरेका थिए ।

गाडी तोडफोड गर्ने रौनियारलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।

‘पुरैनाबाट फर्कदै थिएँ, अकस्मात् गाडीको झन्डा भाँच्दै ढुङ्गाले गाडीमा हानियो,’ गाडी चालक महेन्द्र सिंहले बताए । गाडीमा ढुङ्गा प्रहार गर्दा अगाडिको सिसा फुटेको छ ।

यसैबीच, उप–माहनगरपालिका प्रमुखका उम्मेदवार डा कनोडियाले निर्वाचनमा हिंसा र तोडफोड नगर्न सबै राजनीतिक दलहरूलाई आग्रह गरेका छन् । उनले भनेका छन्, ‘स्वस्थ प्रतिस्पर्धामा आउनुस्, निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नु सबै दलको जिम्मेवारी हो । जनताले जसलाई मन पराउँछन् उसैलाई मतदान गर्छन् ।”

Logo