केन्द्रबिन्दु डेस्क । "/>

‘भाग्यले बाँचेकाहरू’ निर्देशक गणेश र फोटो पत्रकार अमूललाई राष्ट्रिय प्रतिभा पुरस्कार

‘भाग्यले बाँचेकाहरू’ निर्देशक गणेश र फोटो पत्रकार अमूललाई राष्ट्रिय प्रतिभा पुरस्कार

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौँ, २९ जेठ ।

अच्युतराज सुवेदी स्मृति प्रतिष्ठानले विनाशकारी भूकम्पका समयमा साहसपूर्ण काम गरेबापत दुई पत्रकारलाई राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मान गरेको छ ।

उपराष्ट्रपति कार्यालयमा आज आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले भूकम्पका बेलामा घाइते भएका र उद्धारमा खटिएका व्यक्तिलाई समेटेर बनाइएको वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ का निर्देशक गणेश पाण्डे र फोटो पत्रकार अमूल थापालाई सम्मान गरेका हुन् ।

गणेश पाण्डे
फोटो पत्रकार अमूल थापा

 

दुई वर्षअघि भूकम्पमा परी घाइते भएका बाँके निवासी अच्युतराज सुवेदीको उपचारका क्रममा भारतको नयाँदिल्लीमा आजैका दिन निधन भएको थियो ।

त्यस अवसरमा उपराष्ट्रपति पुनले भूकम्पपछिको पुनःनिर्माणमा ढिलाइ भइरहेकाले सरकारले चाँडोभन्दा चाँडो यसलाई अगाडि बढाउनुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले भूकम्पले सिकाएको पाठ अझै सिक्न नसकिएको बताए ।

प्रतिष्ठानका अध्यक्ष तथा स्व अच्युतका पिता प्रकाश सुवेदीले भूकम्पका समयमा विभिन्न माध्यमबाट उद्धार र सहयोगमा खटिने सबैलाई धन्यवाद दिए ।

गत वर्ष स्थापित प्रतिष्ठानले विभिन्न क्षेत्रमा राम्रो काम गर्ने युवालाई प्रोत्साहनस्वरूप सम्मान गर्ने लक्ष्य राखेको प्रतिष्ठानका संरक्षक पूर्वउपसभामुख तथा स्व सुवेदीकी आमा पूर्णकुमारी सुवेदीले बताइन् ।

सञ्चारकर्मी अच्युतराजले केही दैनिक पत्रिकामा व्यवस्थापकीय जिम्मेवारी निर्वाह गरेका थिए ।

Logo