केन्द्रबिन्दु डेस्क । "/>

प्रकाशमानले भने, ‘पार्टीभित्रकै असहयोगले काँग्रेस हारेको हो’

प्रकाशमानले भने, ‘पार्टीभित्रकै असहयोगले काँग्रेस हारेको हो’

केन्द्रबिन्दु
0
Shares


केन्द्रबिन्दु डेस्क । काठमाडौं, २९ जेठ ।

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा आठवटा निर्वाचन क्षेत्र जितेको काँग्रेसले अहिले किन  हार्यो भन्नेबारे सबै नेता तथा कार्यकर्ताले सोच्नुपर्ने बेला आएको बताएका छन् ।
नेपाली काँग्रेसका तर्फबाट काठमाडौँ महानगरपालिकाका मतदातालाई धन्यवाद दिन सोमबार राजधानीमा आयोजना गरिएको कार्यक्रममा नेता सिंहले भने, ‘आमजनताको ठूलो समर्थन रहेपनि पार्टी्भित्रैबाट अन्तर्घात हुनु दुःखद हो ।’

उनले पार्टी्भित्रकै असहयोगका कारण काठमाडौँ काँग्रेसले पराजय भोग्नुपरेको उल्लेख गर्दै भने, ‘काठमाडौँ काँग्रेसले निर्वाचन हार्नुको कारण खोज्नुपर्ने समय आएको छ ।’

सिंहले नेपाली काँग्रेसको नेतृत्वमा संविधान जारी भएको र त्यसको कार्यान्वयनको जिम्मा पनि अहिले काँग्रेसकै काँधमा आएको चर्चा गर्दै त्यसका लागि सबै पक्षलाई समेटेर अगाडि बढ्नुपर्ने जिकिर गरे ।।

कार्यक्रममा नेका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले काँग्रेसको पक्षमा जनमत हुँदाहुँदै पनि काँग्रेसले हार व्यहोरेको भन्दै यसको समीक्षा गर्नुपर्ने बेला आएको उल्लेख गरे । उनले भने, ‘नगर उपप्रमुखले निर्वाचन जित्दै गर्दा नगर प्रमुखमा ठूलो अन्तरले के कारणले पराजित भइयो भनेर यसलाई गम्भीर भएर समीक्षा गर्नुपर्दछ ।”

सोही कार्यक्रममा नेपाली काँग्रेसका तर्फबाट नयर प्रमुखका उम्मेदवार रहेका राजुराज जोशीले आफूलाई अमूल्य मत दिने सम्पूर्ण मतदातालाई धन्यवाद दिएका थिए ।

Logo