केन्द्रबिन्दु डेस्क । "/>

दल दर्तासम्बन्धी ऐन संशोधनको तयारी

दल दर्तासम्बन्धी ऐन संशोधनको तयारी

केन्द्रबिन्दु
0
Shares

 


केन्द्रबिन्दु डेस्क । काठमाडौँ, २८ जेठ ।

सरकारले आगामी असार १४ गते हुने स्थानीय तह दोस्रो चरणको निर्वाचनमा सबै दललाई सहभागी बनाउन राजनीतिक दल दर्तासम्बन्धी ऐन, २०७३ संशोधन गर्न तयारी थालेको छ ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई निर्वाचनमा सहभागी गराउन यससम्बन्धी विधेयक व्यवस्थापिका–संसदमा दर्ता गर्ने निर्णय गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारी आउँदो जेठ ३० गते स्विट्जरल्यान्डको औपचारिक भ्रमणमा जाने भएकाले उक्त भ्रमणलाई बैठकले स्वीकृति दिइएको बताइएको छ ।

राष्ट्रपति भण्डारी अन्तर्रा्ष्ट्रिय श्रम संगठनका महानिर्देशकको निमन्त्रणामा अन्तर्रा्ष्ट्रिय श्रम सम्मेलनको जेनेभामा हुने १२६औँ अधिवेशनको सत्रमा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्न स्विट्जरल्यान्ड जान लागेकी हुन् ।

त्यस्तै, राससले जनाएअनुसार, जापानका विभिन्न विश्वविद्यालयमा ‘जापान डेभलपमेन्ट स्टडिज’ अन्तर्गत अध्ययन गर्न जाने २० जना निजामती कर्मचारीलाई रु २६ करोड ५३ लाख बराबरको अनुदान सहयोग उपलब्ध गराउने स्वीकृति पनि बैठकले दिएको छ ।

Logo