केन्द्रबिन्दु संवाददाता । "/>

धुर्मुस–सुन्तलीको भ्यू टावरवाट पुरै नेपाल देखिने (भिडियो पनि छ ।)

धुर्मुस–सुन्तलीको भ्यू टावरवाट पुरै नेपाल देखिने (भिडियो पनि छ ।)

केन्द्रबिन्दु
0
Shares

 


केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २६ जेठ ।

हास्य कलाकारिता क्षेत्रमा अब्बल परिचय स्थापित गरेका दुई व्यक्तित्व– धुर्मुस–सुन्तली अर्थात् सीताराम कट्टेल र कुञ्जना घिमिरे । हालै मात्र उनीहरूले आफ्नो स्वप्निल परियोजना अर्थात् ‘ड्रिम प्रोजेक्ट’ सार्वजनिक गरेका छन् र यसलाई नाम दिएका छन्– नमुना नेपाल ।

धुर्मुस–सुन्तलीले आफ्नो यो सपनामय परियोजना ‘अब विश्वले चिन्नेछ नेपाल, नेपालभित्रको नेपाल, नमुना नेपाल’ भन्ने नाराका साथ सार्वजनिक गरे । नमुना नेपाल परियोजनाको सार्वजनिकीकरण कार्यक्रममा धुर्मुस–सुन्तली जोडीले हृदयका पत्रपत्र खोलेर उपस्थित दर्शक÷स्रोताहरू माझ राखिदिए । उनीहरूका शब्दमा मानिसहरूले विश्वास पनि राखेरै खुला दिलले उनीहरूलाई सुने ।

उनीहरूले यसरी आममानिसको मन र मुटु जित्न सक्नुमा यसअघिका कामहरू नै हुन् । यो ड्रिम प्रोजेक्टभन्दा पहिले उनीहरूले काभ्रेको डाँडागाउँमा एकीकृत नमुना पहरी बस्ती, सिन्धुपाल्चोकको बर्दीबासमा एकीकृत नमुना मुसहर बस्ती निर्माण सम्पन्न गरेर हस्तान्तरण समेत गरिसकेका छन् ।

के छ त्यस्तो उनीहरूले कल्पना गरेको यो नयाँ ‘ड्रिम प्रोजेक्ट’ भित्र ? धेरै धेरै कुराहरू जुन धेरैलाई केवल कल्पना र सपना मात्र लाग्न सक्छन् । यो परियोजनाले भन्छ– ‘नमुना नेपाल’ भित्र नेपालको विशिष्ट परिचय बोकेका हिमालहरू हुनेछन् । हिमालसँगै पहाड र तराईले ‘नमुना नेपाल’को जग निर्माण गर्ने छन् ।

बुद्धको जन्मस्थल लुम्बिनी त्यर्हीँ देखिने छ । पशुपतिनाथ र रामजानकी मन्दिर मात्र होइन त्यहाँ अन्य मन्दिर, गुम्बा र मस्जिदले पनि एकआपसमा पिरती साटिरहेका हुनेछन् । नेपाली गौरवका तमाम बिम्ब–प्रतिबिम्बहरू नमुना नेपालभित्रका विशेष आकर्षण हुनेछन् ।

नेपालमा अहिलेसम्म सम्भव हुन नसकेको मोनो रेल पनि नमुना नेपालमा कुदाइने छ । यो मोनो रेलसेवाले हिमाल, पहाड र तराई जोड्ने छ । नमुना नेपालमा धरहरा पनि भ्यू टावरका रूपमा ठडिने छ । स्वास्थ्य केन्द्र, विद्यालय, संग्रहालय, रंगशाला आदिले ‘नमुना नेपाल’लाई पूरक सहर बनाउने छन् । यसरी तयार भएपछि यो बस्ती मुलुककै सबैभन्दा धेरै महत्व राख्ने पर्यटकीय क्षेत्रका रूपमा विकसित हुनेछ ।

सफा, सुन्दर, स्वच्छ र हराभरा बस्ती हुनेछ समग्रमा भन्दा धुर्मुस जहाँ मनोरन्जन पार्क र खेलमैदानहरू पनि हुनेछन् । व्यक्तित्व र समाज विकासका सम्पूर्ण आधारहरू त्यहाँ निर्माण गरिएका हुनेछन् ।

अघिल्ला तीनवटा निर्माणजस्तै यो नमुना नेपाल परियोजना पनि धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गर्नेछ । यसका लागि ५ अर्ब रुपैयाँ बजेट लाग्ने अनुमान छ । ‘नमुना नेपाल’ परियोजना निर्माण हुनका लागि एक हजार रोपनी जमिन आवश्यक पर्ने छ । त्यस्तो जग्गा अब धुर्मुस–सुन्तली फाउन्डेसनले धम्मरधुस धएर खोजिरहेको छ ।
धुर्मुस–सुन्तलीको योजना नयाँ त छँदैछ, साथै महत्वकांक्षी पनि छ । यस वर्ष उनीहरुले सामान्य बस्ती होइन, सगरमाथा जस्तै सुन्दर र शान्त नमुना सहर नै बनाउने भएका छन् । त्यही सहरको नाम हुनेछ– ‘नमुना नेपाल’ ।

नमुना नेपाल परियोजना उनीहरूले भने जसरी निर्माण सम्पन्न हुन सक्यो भने इमानदार र समर्पित समाजसेवीहरूका लागि एक अनुपम उदाहरणीय काम बनेर चिरकाल पर्यन्त रहिरहने छ ।

Logo