केन्द्रबिन्दु डेस्क । "/>

गाउँपालिका अध्यक्षको तलब र भत्ता विपन्न दलित विद्यार्थीको शिक्षामा

गाउँपालिका अध्यक्षको तलब र भत्ता विपन्न दलित विद्यार्थीको शिक्षामा

केन्द्रबिन्दु
0
Shares

 

केन्द्रबिन्दु डेस्क । काठमाडौं, २६ जेठ ।

नुवाकोट जिल्लाको लिखु गाउँपालिकाका अध्यक्ष धु्रव श्रेष्ठले आफ्नो तलब र भत्ताको रकम आर्थिक अवस्था कमजोर भएका दलित विद्यार्थीको शिक्षामा खर्च गरेर उदाहरण कायम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाली काँग्रेसबाट विजयी श्रेष्ठले उक्त रकम गाउँपालिकाभित्रका दलित बालबालिकाको शिक्षाको विकास, छात्रवृत्ति, स्टेसनरी, पोसाकलगायतका शीषर्कमा खर्च गर्ने भएको राष्ट्रिय समाचार समितिले उल्लेख गरेको छ ।

‘दलित विद्यार्थीलाई शिक्षामा जागरुक बनाएर चेतनाको स्तर वृद्धि गर्न यो घोषणा गरेको हुँ,’ अध्यक्ष श्रेष्ठले भने, ‘उनीहरूका लागि माध्यामिक तहसम्म पोसाक, स्टेसनरी, खाजालगायतका कार्यक्रम चलाउने र उच्च शिक्षा अध्ययनका लागि नगद छात्रवृत्ति दिने योजना बनाएको छु ।’

गाउँपालिकाभित्र करिब पाँच प्रतिशत दलित जनसंख्या छ ।

यसअघि २०४९ र २०५४ सालमा साबिकको चौघडा गाविसको अध्यक्ष पदमा निर्वाचित हुँदा पनि उनले पदमा प्राप्त सुविधालाई जनजाति र दलित विद्यार्थीको हितमा खर्च गरेका थिए ।

Logo