केन्द्रबिन्दु डेस्क । "/>

माया गर्दा नाक वा मोटापा केही बाधक हुँदैनन्

माया गर्दा नाक वा मोटापा केही बाधक हुँदैनन्

केन्द्रबिन्दु
0
Shares

  केन्द्रबिन्दु डेस्क । काठमाडौं, २५ जेठ । आफ्नो पार्टनर छान्दा हरेक व्यक्तिको चाहना हुन्छ– उसको साथी बोल्ड र ब्युटिफुल होस् । मोटा मानिसहरूलाई अक्सर परिवार र साथीहरूबीच हाँसोको पात्र बन्नु परिरहेको हुन्छ । यस्ता कतिपय कुराहरूले गर्दा मोटापाको समस्या भोगिरहेका मानिसहरूमा कतिपय बेला हीन भावना जन्मिन पुग्दछ । सेक्सको कुरा गर्दा पनि मोटा मानिसहरूलाई नै आलोचना र खिसिट्युरीको पात्र बनाइन्छ । हालै प्रकाशित एक रिपोर्टअनुसार, यौन सम्बन्धका बेला मोटा मानिसहरूलाई सामान्य मानिसको दाँजोमा केही बढी नै समस्याहरू भोग्नुपर्ने हुन्छ । बढी मोटापाले गर्दा उनीहरूलाई पर्याप्त यौन सन्तुष्टि हुँदैन जसले गर्दा सेक्सको कुरामा उनीहरूभित्र हीन भावना उत्पन्न हुनजान्छ । वास्तवमा मोटो–पातलो, राम्रो–नराम्रो जस्ता सबै कुरा मानवीय कुरा हुन् । यी सबैभन्दा बढी महत्वपूर्ण कुरा हो– तपाईं हाम्रो आत्मविश्वास । यदि तपाईंलाई आफू स्वयम्माथि विश्वास छ भने दुनिया तपाईं सामु नतमस्तक भइजानेछ । सोसल मिडियामा एकजनाले लेखेकी छन्, ‘तपाईंको शरीरको आकार कस्तो छ र वजन कति छ भन्ने कुराले केही फरक पार्दैन । दुनियाले तपाईंलाई मन पराओस् वा नपराओस् तर तपाईं स्वयम्ले आफूलाई भने पक्कै मन पराउनुस् । आफैँलाई माया गर्नुस् । माया गर्दा वा पार्टनरसित यौन सम्बन्ध राख्दा तपाईंको नाक वा मोटापाले केही फरक पार्दैन ।’

Logo