केन्द्रबिन्दु संवाददाता । "/>

जो सरकारसँग संतुष्ट छैनन्

जो सरकारसँग संतुष्ट छैनन्

केन्द्रबिन्दु
0
Shares

 

केन्द्रबिन्दु संवाददाता । २५ जेठ २०७४, काठमाडौं ।
गठबन्धन सरकारमा रहेका दलका नेता नै असंतुष्ट ।

२४ जेठमा नवनिर्वाचित प्रधानमन्त्रीको रुपमा जव शेरबहादुर देउवा सपथ लिने तयारी गर्दैथिए, त्यहीवेला देउवा निवास बुढानिकण्ठमा खवर आयो,–‘बरिष्ठ नेता रामचन्द्र पौडेल समूह सपथ ग्रहण समारोहमा सहभागी हुँदैन ।’ आफ्नै पार्टीका बरिष्ठ नेता सपथ ग्रहण समारोहमा सहभागी नहुने भन्ने समाचार देउवाकोलागी अप्रिय हुनु स्वभाविक नै थियो । उनले समाचार सुन्ने वित्तिकै पौडेललाई फोन लगाए र भने अहिले आउनुस्, बाँकी कुरा बसेर मिलाउँला ।

देउवाको कुरा सुनेपछि समारोह बहिष्कार गर्ने पौडेल समूहको अडान एक घण्टा पनि टिकेन । तर पर्ख र हेरको नीति भने उनीहरुले कायम राखेका छन् । आफ्नो समूहको सम्मानजनक उपस्थिति नहुने हो भने सरकारमा सहभागी नहुने पौडेल समूहले निर्णय गरेको उनी निकट स्रोत वताउँछ ।

त्यसोत देउवा सरकारसँग अर्का नेता खुमबहादुर खड्का पनि संतुष्ट छैनन् । उनी पनि पर्ख र हेरको रणनीतिमा रहेका छन् । स्रोत भन्छ, ‘खड्का आफ्नो पक्षवाट दुईजनालाई मन्त्री बनाउन चाहान्छन् । र त्यसमध्ये एक जना आफ्नै धर्मपत्नी हुनुपर्ने छ ।’

असंतुष्टी कांग्रेसमा मात्र होइन, माओवादी केन्द्रमा पनि देखा परेको छ । यसको नेतृत्व बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ प्रकासले सुरु गरेका छन् । उनले सरकारमा पहिलो चरणमा नेतृत्व गर्नेहरुप्रति असंतुष्टी केन्द्रीत गरेका छन्, त्यो पनि सामाजिक सञ्जाल मार्फत । स्रोत भन्छ, ‘नारायणकाजी आफ्नो समूहका नेता गिरिराजमणि पोखरेललाई मन्त्री बनाउन चाहान्थे ।’ अर्का नेता टोपबहादुर रायमाझी भने माओवादी केन्द्रको तर्फवाट आफैं सरकारको नेतृत्व गर्न चाहान्थे । उनले आफू माओवादीको तर्फवाट नेतृत्व गरेर सरकारमा जाने दावी समेत सार्वजनिक गर्दै आएका थिए । तर उर्जा मन्त्री हुँदा सही काम नगरेको र एमालेको सोच अनुसार बहकिएर हिडेको उनलाई पार्टी भित्रवाट नै आरोप लाग्दै आएको छ ।

सरकारको समर्थन गरेको चौथो ठूलो दल राप्रपामा भने अध्यक्ष कमल थापा आफैं संतुष्ट हुन सकेका छैनन् । उपप्रधानमन्त्री सहित चार मन्त्रालयलाई सरकारमा जाने ‘बार्गेनिङ’को विषय बनाएर बसेका थापालाई त्यतिवेला झट्का लाग्यो जतिवेला पार्टीका बरिष्ठ नेताहरुले उपप्रधानमन्त्री बिनै सरकारमा सहभागी हुने निर्णय सदर गराए । तर, ‘भित्री रुपमा अध्यक्ष थापा उपप्रधानमन्त्री हुनुपर्ने आफ्नो अडानलाई बुढानिलकण्ठ पुर्याईरहेका छन्’– स्रोत भन्छ ।

असंतुष्ट आम नेताको असंतुष्टी कुनै एजेन्डामा छैन । आफ्नो समूहको प्रतिनिधित्व भएन वा आफ्नो दाल गलेन भन्नेमा नै केन्द्रीत देखिन्छ । तर यस्ता असंतुष्टीले भने सरकारको काममा भाँजो हाल्ने निश्चित प्राय ः हुन्छ ।

 
कांग्रेसमा
रामचन्द्र पौडेल
खुमबहादुर खड्का

माओवादी
नारायणकाजी श्रेष्ठ
टोपबहादुर रायमाझी

राप्रपा
कमल थापा

Logo