केन्द्रबिन्दु संवाददाता । "/>

उपसभापति पक्का

उपसभापति पक्का

केन्द्रबिन्दु
0
Shares

 

केन्द्रबिन्दु संवाददाता ।  काठमाडौं, २५ जेठ ।

पूर्णबहादुर खड्कालाई महामन्त्री !

पूर्ववर्ती सरकारका उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधि वर्तमान देउवा सरकारमा परेनन् । ‘प्रचण्ड’सँग घनिष्ठता भएकै कारण कृष्णबहादुर महरा फेरि पनि उपप्रधानमन्त्रीमा दोहोरिन सफल भए । तर, गृहमन्त्री हुँदा देउवासँग ठाकठुक परेकाले उनी यस सरकारमा परेनन् ।’ यदि यस्तो अड्कल कसैले गरिरहेको छ भने त्यो गलत विश्लेषण ठहरिने छ किनभने निधि नेपाली कांग्रेसको उपसभापतिमा नियुक्त हुने पक्का भएको छ ।

बिमलेन्द्र निधि कांग्रेस संस्थापन पक्षका हस्ती मानिन्छन् । लामो समयदेखि देउवासँगको घनिष्टतामा रहेका उनी समकालीन नेपाली राजनीतिका सक्रिय खेलाडी हुन् । ओली सरकार पल्टाएर प्रचण्ड सरकार बनाउन उनकै भूमिका महत्वपूर्ण (कांग्रेसभित्र) मानिएको थियो । स्रोत भन्छ, ‘यस पटकको मन्त्रिमण्डलमा उनी नपर्नुको कारण दुई पद नदिने अघोषित नीति हो ।’

देउवा सरकारमा निधि सहभागी नभए पनि मन्त्रिमण्डल निर्माण गर्न उनकै भूमिका प्रमुख रहँदै आएको छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारबाट राजिनामा दिए लगत्तै सभापति शेरबहादुर देउवाले उनकै संयोजकत्वमा गठबन्धन सरकारको भागबण्डा मिलाउने जिम्मेवारी तोकेका थिए ।

त्यसै गरी पूर्वगृहमन्त्री पूर्णबहादुर खड्का नेपाली कांग्रेसको महामन्त्री हुने भएका छन् । उपप्रधानमन्त्री वा महामन्त्रीमध्ये एउटा पदको दावेदारी प्रस्तुत गर्दै आएका खड्काले महामन्त्रीलाई पहिलो प्राथमिकतामा राख्दै आएका थिए । उनी पनि सभापति देउवाका प्रिय पात्र मानिन्छन् । मन्त्रिमण्डलमा सहभागी नभए बलबहादुर केसी कांग्रेसको सह–महामन्त्री भए भने कसैले अचम्म नमाने हुन्छ, कांग्रेस स्रोत भन्छ ।

आज बस्ने कांग्रेसको केन्द्रीय सम्पादन समितिको बैठकले उपसभापति, महामन्त्री र सह–महामन्त्रीको टुंगो लगाउने अपेक्षा गरिएको छ ।

Logo