केन्द्रबिन्दु डेस्क । "/>

रोनाल्डो विश्वकै धनी खेलाडी (१० धनी खेलाडी सूची सहित)

रोनाल्डो विश्वकै धनी खेलाडी (१० धनी खेलाडी सूची सहित)

केन्द्रबिन्दु
0
Shares

 

 


केन्द्रबिन्दु डेस्क । काठमाडौं, २५ जेठ ।

स्पेनिस फुटबल क्लब रियल मेड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डो विश्वकै धनी खेलाडीको सूचीमा लगातार दोस्रो वर्ष पनि शीर्ष स्थानमा कायम छन् । प्रभावशाली व्यापारिक पत्रिका फोब्र्सले बुधबार राती जारी गरेको विश्वका सर्वाधिक धनी खेलाडीहरूको सूचीले यो तथ्य सार्वजनिक गरेको हो ।

पोर्चुगलको राष्ट्रिय टोलीका कप्तानसमेत रहेका रोनाल्डो अन्य सबै खेलाडीलाई पछि पार्दै पहिलोपटक १२ महिनाअघि फोब्र्स पत्रिकाको यो सूचीको शीर्षमा पुगेका थिए ।

राष्ट्रिय टोलीलाई युरो कप २०१६ जिताएका यी अग्ला खेलाडीले पछिल्लो एक वर्षमा तलब, भत्ता र विभिन्न प्रायोजन रकमबाट समेत गरी कुल ९३ मिलियन अमेरिकी डलर (ने. रु. ९ अर्ब ५७ करोड ७५ लाख) कमाएका छन् ।

यी ३२ वर्षीय खेलाडीले गत एक वर्षमा आफ्नो आयमा ५ मिलियन अमेरिकी डलर (ने.रु. ५० लाख) ले वृद्धि भएको देखे ।

विश्वका धनी खेलाडीहरू (एलिट एथ्लिट्स) को यो सूचीका लागि संसारभर लोकप्रिय विभिन्न ११ खेलका खेलाडीहरूलाई समावेश गरिएको छ ।

शीर्ष १०० खेलाडीको यो सूचीमा बास्केटबल खेलाडीको बाहुल्य छ । सूचीमा ३२ जना बास्केटबल खेलाडीले ठाउँ बनाएका छन् । उनीहरूको यो संख्या २०१६ को भन्दा १८ ले बढी हो । यो सूचीमा दोस्रो नम्बरमा बेसबलका खेलाडी २२ जना छन् भने तेस्रो स्थानमा अमेरिकन फुटबलका १५ जना र रोनाल्डोसहित फुटबलका नौ खेलाडी छन् ।

सूचीको शीर्ष १०० मा परेका खेलाडीहरूले पछिल्ला १२ महिनामा समग्रमा ३.११ अर्ब डलर रकम कमाइ गरे । गत वर्षको तुलनामा यो रकम केही थोरै हो ्किनभने यी १०० एलिट खेलाडीको गत वर्षको एकमुस्ट कमाइ ३.१५ अर्ब अमेरिकी डलर थियो ।

धेरै कमाउने शीर्ष १० खेलाडी

१. क्रिस्टियानो रोनाल्डो– फुटबल (९ अर्ब ५७ करोड ७५ लाख रुपैयाँ)
२. लेब्रोन जेम्स– बास्केटबल (८ अर्ब ६२ करोड रुपैयाँ)
३. लियोनेल मेसी– फुटबल (८ अर्ब रुपैयाँ)
४. रोजर फेडेरर– टेनिस (६ अर्ब ४ करोड रुपैयाँ)
५. केभिन डुरान्ट– बास्केटबल (६ अर्ब ६० लाख रुपैयाँ)
६. एन्ड्रयु लक– अमेरिकन फुटबल (५ अर्ब रुपैयाँ)
७. रोरी म्याकलरोय– गोल्फर (५ अर्ब रुपैयाँ)
८. स्टिफन करी– बास्केटबल (४ अर्ब ७ करोड ३० लाख रुपैयाँ)
९. जेम्स हार्डेन– बास्केटबल (४ अर्ब ६ करोड ६० लाख रुपैयाँ)
१०. लेविस ह्यामिल्टन– फर्मुला वान (४ अर्ब ६ करोड रुपैयाँ)

गोल्फ खेलाडी रोरी म्याकलरोय सबैभन्दा धेरै कमाउने बेलायती खेलाडी बनेका छन् । पाँच अर्बको आयसहित उनी फोब्र्स सूचीमा छैटौँ स्थानमा परेका छन् । उनको यो आयमध्ये ३.४ अर्ब रुपैयाँ त उनलाई विभिन्न उत्पादक कम्पनीबाट प्राप्त भएको प्रायोजन रकम हो ।

रियल मेड्रिडबाट रोनाल्डोसँगै खेल्ने वेल्सका अन्तर्राष्ट्रिय स्टार खेलाडी गारेथ बेल सर्वाधिक कमाउने ब्रिटिस फुटबलरका रूपमा देखिएका छन् । गत वर्ष उनको कमाइ ३ अर्ब ४० करोड रुपैयाँ रह्यो ।

विश्व नम्बर दुई वरीयता भएकी टेनिस खेलाडी सेरेना विलियम्स यो सूचीमा पर्ने एकजना मात्र महिला हुन् । गत वर्ष २ अर्ब ७० करोड रुपैयाँ आयसहित उनी यस फोब्र्स धनी खेलाडी सूचीको ५१औँ स्थानमा छन् ।

म्यानचेस्टर युनाइटेड क्लबका स्ट्राइकर जिलातान इब्राहिमोभिक ३ अर्ब २० करोड रुपैयाँ को आयसहित यस फोब्र्स धनी खेलाडी सूचीमा ३०औँ स्थानमा छन् । यसको अर्थ के हो भने इब्राहिमोभिक नै इङ्ग्ल्यान्डको प्रिमियर लिग फुटबलमा सबैभन्दा धेरै कमाउने खेलाडी हुन् ।

Logo