संसद सचिवालयले प्रधानमन्त्री निर्वाचनको कार्यक्रम सार्वजनिक गरेको छ । "/>

आइतबार देउवा प्रधानमन्त्री !

आइतबार देउवा प्रधानमन्त्री !

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । १९ जेष्ठ २०७४, काठमाण्डौं ।

 

संसद सचिवालयले प्रधानमन्त्री निर्वाचनको कार्यक्रम सार्वजनिक गरेको छ । निर्वाचन कार्यक्रम अन्तर्गत शनिबार मनोनयन दर्ता र २१ गते आइतबार निर्वाचन हुनेछ । प्रमुख प्रतिपक्षी दल एमालेले संसद अवरुद्ध यथावत राखेपछि सूचना टाँसेर निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको हो ।
संसद सचिवालयका अनुसार शनिबार बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारी दर्ता गर्ने, अपरान्ह ४ वजेर ३० मिनेटमा उम्मेदवारीको सूची प्रकाश गर्ने र २१ गते आइतबार बिहान ११ बजे उम्मेदवारीको सूचनामाथि सामूहिक छलफल हुने र एकैसाथ निर्णयार्थ प्रस्तुत (निर्वाचन) गर्ने कार्यक्रम छ ।

बहुमतीय प्रक्रियावाट प्रधानमन्त्रीको छनौट हुने भएपछि कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाको सक्रियता बढेको छ । उनलाई माओवादी केन्द्र र फोरम लोकतान्त्रिकको समर्थन जुटी सकेको छ भने राप्रपा र राजपाले पनि मत दिने संभावना बढेको छ । राप्रपा र राजपाले मत नदिएपनि देउवालाई बहुमत पुग्ने छ ।

त्यसैकारण संसदको कार्यक्रम अनुसार आइतबार प्रधानमन्त्रीको चुनाव सम्पन्न हुन सकेको खण्डमा कांग्रेस संसदीय दलका नेता देउवा प्रधानमन्त्री हुने छन् । स्मरण रहोस् प्रतिपक्ष एमालेले केही दिनदेखि संसद अवरोध गर्दै आएको छ । आइतवार पनि यस क्रमले निरन्तरता पाएको खण्डमा भने देउवाको प्रधानमन्त्री हुने बार फरक पर्ने छ ।

Logo