दरबार हत्याकाण्ड भएको आज १६ बर्ष पुरा हुँदैछ । "/>

यी ६ कारणले रहस्यमय भयो, दरबार हत्याकाण्ड

यी ६ कारणले रहस्यमय भयो, दरबार हत्याकाण्ड

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । १९ जेठ, २०७४, काठमाण्डौं । उच्चित छानमिनको अभाव र प्रमाणहरु नष्ट गरिदिनाले रहस्यमयी भएको हो ।

दरबार हत्याकाण्ड भएको आज १६ बर्ष पुरा हुँदैछ । तर यो हत्याकाण्ड अझै रहस्यकै गर्भमा रहेको छ । त्यसवेलाका विभिन्न घटनाक्रमले यस हत्याकाण्डलाई रहस्यमयी वनाएको हो । हत्याकाण्डमा मारिएका कसैको पनि पोष्टमार्टम नगरि हतार–हतार जलाईयो । यस कुराले संकालाई अझ प्रत्सय दिंदै गयो । यससँगै हत्याकाण्डको छानमिनकालागी गठित उच्चस्तरिय समितिलाई ७ दिनको मात्र समयसीमा तोकियो । जसलेगर्दा सही रुपमा अनुसंधान हुन सकेन ।

तीन सदस्यीय त्यस समितिमा तत्कालिन एमाले महासचिव माधवकुमार नेपाल बस्न मानेनन् । सुरुमै समिति अबैधानिक समेत भयो । हत्याकाण्ड भएको स्थल त्रिभूवन सदन हतार–हतार भत्काईयो । यस ब्यवहारलाई पनि संकास्पदरुपमा हेरियो । आखिर किन घटनाका प्रमाणहरु छोप्ने काम भए त ?

हत्यामा धेरै किसिमका गोली चलेको छानमिन समितिले नै पुष्टि गरेको छ । तर गोली चलाउने ब्यक्ति भनेर एकजनालाई मात्र औंल्याईएको छ । यो कसरी संभव छ ? अर्को पक्ष, गोली चलाउने तत्कालिन युवराज दीपेन्द्र हो भनियो । तर, उनलाई चाहिं कस्ले र कसरी गोली हान्यो भन्ने प्रश्न पनि आजसम्म अनुत्तरित नै छ ।

तत्कालिन राजा वीरेन्द्रको बंश विनासपछि राजा भएका ज्ञानेन्द्र शाहले मृत्युभएकाहरुको सम्पत्ति आफ्नो नाममा हतार–हतार सार्नु र प्रजातन्त्र मास्दै शासनसत्ताको बागडोर सम्हाल्न हतार गर्नुलाई पनि सकारात्मक रुपमा हेरिएन । त्यसलाई कतिपयले दरबार हत्याकाण्डको शृङखलाकै रुपमा आजसम्म बुझिरहेका छन् ।

परिवारकी सदस्य प्रेक्षा शाह (धिरेन्द्र शाहकी पत्नी) को मृत्युपनि रहस्यमय ढंगले रारातालमा गराईएको आम संका सञ्चार भयो । यस घटनालाई पनि आम मानिसले दरबार हत्याकाण्डसँग नै जोडेर बुझिरहे । समग्रमा दरबार हत्याकाण्ड रहस्यमयी हुनुमा यसको उचित छानमिन हुन नसक्नु नै हो । छानमिनकालागी आवश्यक विषय र घटनाहरु नष्ट गर्न तत्कालिन दरबारको शक्ति नलागेको भए आजसम्म यस घटनाले यति धेरै चर्चा नपाउन सक्थ्यो ।

यी हुन् ६ कारण

१. दरबार हत्याकाण्डमा मारिएका कसैको पनि पोष्टमार्टम नगरि हतार–हतार जलाईयो ।

. हत्याकाण्डको छानमिनकालागी गठित उच्चस्तरिय समितिलाई ७ दिनको मात्र समयसीमा तोक्दा सही अनुसंधान हुन सकेन ।

. हत्याकाण्ड भएको स्थल त्रिभूवन सदन हतार–हतार भत्काईयो ।

. हत्यामा धेरै किसिमका गोली चलेको छानमिन समितिले नै पुष्टि गरेको छ । तर गोली चलाउने ब्यक्ति भनेर एकजनालाई मात्र औंल्याईएको छ ।

५.तत्कालिन राजा वीरेन्द्रको बंश विनासपछि राजा भएका ज्ञानेन्द्र शाहले मृत्युभएकाहरुको सम्पत्ति आफ्नो नाममा हतार–हतार सार्नु र प्रजातन्त्र मास्दै शासनसत्ताको बागडोर सम्हाल्न हतार गर्नुलाई पनि सकारात्मक रुपमा हेरिएन ।

.परिवारकी सदस्य प्रेक्षा शाह (धिरेन्द्र शाहकी पत्नी) को मृत्युपनि रहस्यमय ढंगले रारातालमा गराईएको आम संका सञ्चार भयो ।

Logo