श्रीकृष्णका डुब्लिकेट प्रकाश र समिक्षाको ‘छुट्ने मायालाई’ ट्रेन्डिङमा (भिडियो)

श्रीकृष्णका डुब्लिकेट प्रकाश र समिक्षाको ‘छुट्ने मायालाई’ ट्रेन्डिङमा (भिडियो)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं l

स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको डुब्लिकेट भनेर सामाजिक संजालमा भाईरल भएका प्रकाश चन्दको अभिनयमा दोस्रो म्युजिक भिडियो ‘छुट्ने मायालाई’ एस.थ्री.के ईन्टरटेनमेन्टको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ ।

देबेन्द्र कुँवरको निर्देशनमा बनेको भिडियोमा प्रकाश चन्दसंगै समिक्षा पोखरेलले अभिनय गरेकी छन् भने साथमा निशा राई, राधाकृष्ण पुडासैनी र बेनिशा बेल्बासेको अभिनय रहेको छ ।

गीत सार्वजनिक भएको २४ घण्टा नपुग्दै यो गीत युटुबको ट्रेन्डिङमा आएको छ । यो समाचार तयार पार्दासम्म गीतलाई १ लाख ४० हजारभन्दा बढी दर्शक स्रोताले हेरिसकेका छन् ।

रचना रिमाल र सबिर ऐरको स्वर, बिष्णु भट्टको शब्द संगीत रहेको गीतको भिडियो चक्र बरालले छायाँकन गरेका हुन् । त्यस्तै म्युजिक भिडियो बिकास ज्ञवालीले सम्पादन गरेका हुन् ।

Logo