प्रतिनिधि सभाले केही नेपाल ऐन, संशोधन गर्ने विधेयक, २०७९ पारित गरेको छ ।
मंगलवार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकले केही नेपाल ऐन, संशोधन गर्ने विधेयक, २०७९ बहुमतले पारित गरेको हो । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले केही नेपाल ऐन, संशोधन गर्ने विधेयक, २०७९ बहुमतले पारित भएको घोषणा गरेका हुन् ।
‘केही नेपाल ऐन, संशोधन गर्ने विधेयक, २०७९ पारित गरियोस् भन्ने पक्षमा हुने मान्य सदस्यहरुले हुन्छ भन्नुहोस्, केही नेपाल ऐन, संशोधन गर्ने विधेयक, २०७९ पारित गरियोस् भन्ने विपक्षमा हुनेहरुले हुन्न भन्नुहोस् । हुन्छ भन्ने पक्षका मान्य सदस्यहरुको बहुमत भएकोले केही नेपाल ऐन, संशोधन गर्ने विधेयक, २०७९ पारित भएको घोषणा गर्दछु ।’ उनले भने ।
प्रतिक्रिया