सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि गठन गरेको कार्यदलको बैठक आज पनि बस्ने भएको छ । कार्यदलले दलहरुले पाउने सिट संख्या आजै सार्वजनिक गर्ने तयारी गरेको छ ।
यसअघि मंगलबार साँझ बसेको कार्यदल बैठकले चुनावी तालमेल र सिट बाँडफाँड बुधबार नै टुङ्ग्याउने निर्णय गरेको छ ।
प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले ८६ सिटमा र बाँकी सिट अन्य दलहरुले पाउने गरी सहमति जुटाइएको बताइन्छ । कार्यदलको बैठक साँझ ५ बजेका लागि बोलाइएको छ ।
प्रतिक्रिया