संसद्का नवनियुक्त सचिवद्वय पाण्डेय र अर्यालकाे शपथ र पदभार [तस्विरमा]

संसद्का नवनियुक्त सचिवद्वय पाण्डेय र अर्यालकाे शपथ र पदभार [तस्विरमा]

केन्द्रबिन्दु
0
Shares

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाका नवनियुक्त दुई सचिवले आइतबार पद तथा गोपनीयताको शपथ र पदभार ग्रहण गरेका छन् । 

सिंहदरवारस्थित संघीय संसद् सचिवालयमा आइतबार प्रतिनिधिसभाको सचिवमा नियुक्त पदमप्रसाद पाण्डेयले सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए भने राष्ट्रियसभाको सचिवमा नियुक्त डा. सुरेन्द्र अर्यालले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष शपथ ग्रहण गरेका हुन् । 

शपथ लिएपछि उनीहरुले आ–आफ्नो कार्यकक्षमा पुगेर पदभार ग्रहण गरेका छन् । 

Logo