प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता [तस्विरसहित]

प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता [तस्विरसहित]

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल तीन दिने युगान्डा भ्रमण सकेर स्वदेश फर्किएका छन्। युगान्डाको राजधानी कम्पालामा आयोजना भएको असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १९ औँ शिखर सम्मेलनमा भाग लिई आइतबार बिहान स्वदेश फर्किएका हुन्।

प्रधानमन्त्री दाहाल माघ ४ गते राति युगान्डा प्रस्थान गरेका थिए। सम्मेलनमा प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए। साथै उनले इजरायल-हमास द्वन्द्व रोकिनुपर्ने र शान्ति स्थापना हुनुपर्ने बताएका थिए।

उनले अल्पविकसित राष्ट्रलाई गरिबीको दुष्चक्रबाट बाहिर निकाल्न र समृद्धिको यात्रामा डोर्‍याउन आवश्यक सहयोग अभिवृद्धिका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका थिए।

Logo