पहिचानवादीसँगकाे वार्ता रणनीतिक चालबाजी मात्रै बन्नु हुँदैनः मन्त्री किराती

पहिचानवादीसँगकाे वार्ता रणनीतिक चालबाजी मात्रै बन्नु हुँदैनः मन्त्री किराती

केन्द्रबिन्दु
0
Shares

संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री सुदन किरातीले पूर्वको पहिचानवादीसँग प्रदेश सरकारले गर्न लागेको वार्ता चालबाजी मात्रै बन्न नहुने टिप्पणी गरेका छन् ।

आइतबार हिन्दू विश्वविद्यालय मस्यौदा समितिको अन्तिम रुपको प्रतिलिपी बुझ्दै मन्त्री किरातीले यस्तो बताएका हुन् । नेपालको संविधानले सबै जातिभाषा धर्मलाई सम्मानपूर्वक फुल्न पाउने व्यवस्था गरेको उनकाे भनाई छ ।

उनले भने, ‘आन्दोलनरत पक्षसंगको बार्ता गर्ने प्रदेश सरकारको निर्णय स्वागतयोग्य छ तर वार्ता कुनै चालबाजी मात्रै नहोस् ।’

आइतबार डा. जगमान गुरुङ नेतृत्वको पशुपति हिन्दु विश्वविद्यालय स्थापनाका लागि बनेको अध्ययन समितिले प्रतिवेदन बुझाएको छ । प्रतिवेदन बुझ्दै मन्त्री किरातीले हिन्दु विश्वविद्यालय स्थापना गरेर यसलाई धार्मिक कुटनीतिक थलोका रुपमा विस्तार गर्ने बताएका छन् । मन्त्री किरातीले पशुपति विश्वाविद्यालयसंगै पर्यटन विश्वविद्यालय र रैथाने विश्वविद्यालय स्थापनाका लागि समेत अध्ययन समिति गठन गरेका छन् ।

Logo