अब राजतन्त्रको पक्षमा सडक र सदन दुवै ठाउँमा आन्दोलन चर्किन्छः सांसद सिंह

अब राजतन्त्रको पक्षमा सडक र सदन दुवै ठाउँमा आन्दोलन चर्किन्छः सांसद सिंह

केन्द्रबिन्दु
0
Shares

हेटौँडा – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य एवम् मकवानपुर–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य दिपकबहादुर सिंहले संसद् र सडक दुवै ठाउँबाट राजतन्त्रको पक्षमा आन्दोलन चर्काउने बताएका छन्। उनले फागुन १ देखि देशभरबाट आन्दोलन उठ्ने बताएका हुन्।

सांसद सिंहको विशेष निमन्त्रणामा पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार हेटौँडा पुगेका थिए। राजा फर्किएपछि आइतबारै हेटौँडामा पत्रकार सम्मेलन गर्दै नेता सिंहले गणतन्त्रले जनतालाई निराशामात्र दिएको भन्दै राजाको नामबाट सरकार डराएको बताए।

उनले पुर्वराजा हेटौँडा आउने सन्र्दभमा मन्त्रीको तहबाटै पूर्वराजा लेखेको ब्यानरमा आपत्ति जनाउनु हाँस्यास्पद भएको भन्दै राजाको हाउगुजीले सरकार आत्तिएको बताए। उनले अब जनताले नै राजतन्त्र ल्याउने दिन नजिकै रहेको बताए।

‘एउटा मठ मन्दिरमा आयोजकहरुले पुर्वराजालाई राजा भनेर सम्बोधन गर्नु उनीहरुको अधिकार हो, यस्तो विषयमा सरकारले टाउको दुखाउन हुँदैन,’ उनको भनाइ थियो। उनले आन्दोलनका क्रममा राप्रपा नेपालसहित सबै राष्ट्रवादी, राजतन्त्रवादी शक्तिहरु एक हुने बताए।

Logo