आक्रोश पाेख्दै रविले भने – ‘गाली गर्न कोही छुट्नु भो कि ? गरिहालौँ’

आक्रोश पाेख्दै रविले भने – ‘गाली गर्न कोही छुट्नु भो कि ? गरिहालौँ’

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिडियामा आएका समाचारमा सत्यता नभएको दाबी गरेका छन्। पहिलेदेखि भन्दै आएको कुरामा आफू अडिक रहेको समेत उनले सामाजिक सञ्जालमा लेखेका छन्।

उनले आक्रोश पोख्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘गाली गर्न कोही छुट्नु भो कि? छुट्नु भएको भए गरिहालौँ है। मलाई केही कुरा लुकाउनु छैन। पहिलेदेखि जे भन्दै आएँ, त्यसैमा अडिग छु। मिडियामा निरन्तर आइरहेका “स्लिप” मा कोही “स्लिप” हुनै पर्दैन। बाँकी भ्याए सम्म आजै साँझ प्रेस मिटको तयारी गर्दै छु। सारा प्रश्नहरू एकत्रित पार्दै गर्नु होला, कसैको कुनै प्रश्न नछुटोस्। त्यसैबाट सबै स्पष्ट पार्ने नै छु ।’

Logo