मधेस कृषि विश्वविद्यालय भवन शिलान्यासमा जनमतको अवरोध, प्रहरीकाे लाठीचार्जमा शिक्षामन्त्री घाइते

मधेस कृषि विश्वविद्यालय भवन शिलान्यासमा जनमतको अवरोध, प्रहरीकाे लाठीचार्जमा शिक्षामन्त्री घाइते

केन्द्रबिन्दु
0
Shares

सप्तरीको राजविराजमा मधेश कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।

सोमबार दिउँसो जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले गर्ने भनिएकाे शिलान्यास कार्यक्रममा जनमत पार्टीका कार्यकर्ताले अवरोध गर्न खोजेपछि प्रहरीसँग झडप भएको हो । जनमत पार्टीका नेताहरू ‘सप्तरीका जनताको विरोधका बाबजुद गैरकानुनी, गैरवैधानिक कार्यक्रममा प्रमुख अतिथि बन्न सप्तरीका जनताको नरसंहार नै गर्न मरिहत्ते गर्नुभएका माननीय उपेन्द्र यादवज्यूलाई जनमत पार्टीका तर्फबाट हार्दिक स्वागत गर्दछौं’ लेखेको व्यानरसहित स्वागतमा बसेका थिए। त्यसपछि प्रहरीले बल प्रयोग गरेको हो।

प्रहरीले लाठी चार्ज गर्ने क्रममा मधेश प्रदेशका शिक्षा मन्त्री महेशप्रसाद यादवको टाउकोमा चोट लागेको छ। प्रदेश सांसदहरु सतिश सिंह, रञ्जु खंग र भाग्यश्री चौधरी पनि घाइते भएका छन् ।

Logo