राष्ट्रिय सभा निर्वाचनः जनमतको उम्मेदवारीले गठबन्धनमा असन्तुष्टि

राष्ट्रिय सभा निर्वाचनः जनमतको उम्मेदवारीले गठबन्धनमा असन्तुष्टि

केन्द्रबिन्दु
0
Shares

जनकपुरधाम । डा.सिके राउत नेतृत्वको जनमत पार्टीले राष्टिय सभाको निर्वाचनमा सत्ता गठबन्धनसंग एक सिट माग गर्दै आएको थियो। तर सिट नपाएपछि मधेस प्रदेशमा र लुम्बनी प्रदेशमा एक-एक सिटमा उम्मेदवारी दर्ता गराएका छन्।

सत्ता गठबन्धनमा नै रहेर जनमत पार्टीले आफनो छुट्टै उम्मेदवारी दर्ता गराएपछि गठबन्धन भित्रमै रहेका दलहरु बिचमा असन्तुष्टि देखिएको छ। सत्ता गठबन्धनमा जनमत पार्टीले संघमा एक मन्त्री सहित योजना आयोगको सदस्य पद समेत पाएका छन्।

त्यसैगरि मधेस प्रदेशमा दुई मन्त्री र निति आयोगमा एक जना सदस्य पाएका छन्। सत्ता गठबन्धनमा निकै लाभ लिँदै आएको जनमतले भने रहेक निर्वाचनमा गठबन्धनको विरुद्धमा आफनो उम्मेदवारी दिँदै आएको छ।

यसले समेत सत्ता गठबन्धनमा रहेका अन्य दलहरुले जनमतको क्रियाकलापबाट असंतुष्टि जनाएको छ। मधेस प्रदेशमा राष्टिय सभाको दुई सिटमध्ये जनमतले अन्य तर्फ राम शंकर महासेठलाई उम्मेदवार बनाएको छ। गठबन्धनबाट सो पदमा नेपाली काग्रेसका आनन्द प्रसाद ढुगाना उम्मेदवार बनेका छन्।

मधेस प्रदेशमा जनमतले सत्ता गठबन्धनको उम्मेदवार ढुगानालाई मत नदिँदा समेत गठबन्धनको दुई उम्मेदवारको जित सुनिश्चित जस्दै देखिएको छ। महिला तर्फ जसपा नेपालका उम्मेदवार पुजा चौधरी चुनावी मैदानमा छन्।

मधेस प्रदेशमा दलहरुको मतभार हेर्दा नेपाली काँग्रेस पहिलो शक्ति हो। काँग्रेससंग मात्रै ३ हजार १ सय ६१ मत भार रहेको छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेसंग २ हजार ३ सय ५५ मतभार छ।

जनमत पार्टीको मतभार ७ सय ४६ छ। गठबन्धनमा रहेका दलहरु नेपाली काँग्रेस,जनता समाजवादी पार्टी,लोकतान्त्रिक समाजवादी पार्टी,एकिकृत समाजवादी पार्टी ,नेकपा माओवादी केन्द्र ,नागरिक उन्मुक्ति पार्टीको मतभार जोड्दा ७ हजार ५ सय ४१ पुग्छ। यस्तोमा जनमतले गठबन्धनमा रहेरै उम्मेदवारी दिँदा समेत कुनै फरक पर्ने अवस्था भने देखिँदैनन्। तर पनि गठबन्धनमा रहेर जनमतले आफ्नो उम्मेदवारी दिएर मधेसको अधिकार र पहिचानको लागि आफू जहा रहेर पनि विद्रोह गर्ने सन्देश दिने प्रयासमा छन्।

सत्ता गठबन्धनमा जनता समाजवादी पार्टी सहभगि भएपनि चिढिएका छन्। गत निर्वाचनमा सहयात्री रहेको नेपाली काँग्रेसंगको सहकार्य तोडेर माओवादी केन्द्रले नेकपा एमालेसंग सहकार्य गरेपछि जनमत माओवादी एमालेको गठबन्धनमा सहभागिता जनाएको थियो। नयां गठबन्धनको निर्माण भएपछि जसपाले अहिलेको सत्ता गठबन्धनको साथ नछाडेपनि समय समयमा गठबन्धनको निर्णयको विरुद्धमा आफ्नो छुट्टै उम्मेदवारी दिँदै आएको छ।

जनमतले उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिएका थिए भने गठबन्धनका साझा उम्मेदवार रहेका बारा २ मा उपेन्द्र यादवकै विरुद्धमा उम्मेदवारी दिएका थिए। मधेस केन्द्रित दलमा देखिएको तिक्ता कै कारणले जनमत गठबन्धनको धेरै जसो निर्णयमा असहमति राख्दै आएको छ।

नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवले जनमत पार्टीमा राजनितिक परिपक्ताको आभाव देखिएको बताए। उनले संघ देखि प्रदेश सम्मको गठबन्धनमा नेपाली काँग्रेसकै कारणले जनमत गठबन्धनमा अहिले सम्म टिकेको तर राष्टिय सभाको निर्वाचनमा उम्मेदवारी दिएर उसले फेरि एकपटक राजनितिक परिपक्ताको आभाव देखिएको बताए।

जनमत पार्टी सबै भन्दा बढि आक्रमक रुपमा जसपा प्रति प्रस्तुत हुँदै आएको छ। मधेसमा जनमतले आफ्नो प्रतिस्पर्धी शक्तिको रुपमा बुझने गरेका छन्। ३ गते मुख्यमन्त्रीको कार्यक्रममा गरेको विरोध प्रदर्शन समेत यसैका रुपमा लिइएको छ।

जनता समाजवादी पार्टीका नेता एवं मुख्यमन्त्री सरोजकुमार यादवले जनमतलाई केन्द्रमै बनेको गठबन्धनको आधारमा प्रदेशमा समेत राखिएको बताउँदै उसले हरेक निर्वाचनमा गठबन्धनको विरुद्धमा जाने गरेको कारणले गठबन्धनमा सहभागि दलले उसको क्रियालकापको विषयमा सोच्नुपर्ने समय आएको बताए। उनले जनमत पार्टी राजिनितिक प्रचारवाजीमा बढि विश्वास गर्ने गरेको कारणले हार्दै छु थाहा पाउँदापाउँदै राजनितिक प्रचारवाजीकै लागि यस्तो कार्य गर्ने गरेको बताए।

जनमत पार्टीका प्रवक्ता डा.शरद सिंह यादवले गठबन्धनमा रहेका दलहरुले आफ्नो धर्म निर्वाह नगरेको कारणले आफूहरुले उम्मेदवारी दिएको बताए। उनले माधव नेपालको पार्टी राष्ट्रिय पार्टी पनि हैन जसपा भन्दा आफूहरुको मत पनि विगतको निर्वाचनमा बढि छ तर उहाँहरुलाई सिट दिने जनमतलाई नदिने गठबन्धन दलको रवैयाको कारणले उम्मेदवारी दिएको जिकिर गरे। उनले हार र जित भन्दा पनि जनमत आफ्नो सम्मान र मुल्य,मान्यताको आधारमा अगाडि बढनुपर्छ भन्ने विचारमा अडिग छ भन्ने सन्देश दिएको बताए।

Logo