कर्णालीको समृद्धिका लागि ब्यवसायिक कृषिलाई जोड दिऔँ : मुख्यमन्त्री शर्मा

कर्णालीको समृद्धिका लागि ब्यवसायिक कृषिलाई जोड दिऔँ : मुख्यमन्त्री शर्मा

केन्द्रबिन्दु
0
Shares

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कृषि र वनमा आधारित उद्योगमा आधारित भएर कर्णालीको समृद्धि सम्भव हुने बताएका छन्। ‘कर्णालीमा जल जमिन, जंगल, जडीबुटी पनि छ।

कृषिलाई ब्यवसायीकीकरण गर्ने हो भने कर्णालीको संमृद्धि सम्भव छ,’ उनले भने, ‘भौगोलिक अवस्था अनुसार कृषि पशुपालन र वनमा आधारित ब्यवसायिक कार्यले मात्र रोजगारी सिर्जना गर्न सकिन्छ, त्यसबाट आर्थिक विकासमा योगदान पुग्छ।’

प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको दोस्रो त्रैमासिक प्रगति समीक्षा गोष्ठीमा मुख्यमन्त्री शर्माले कृषि र पशुपालनका क्षेत्रमा गरिने ब्यवसायिक प्रयोगले जनताको जीवनस्तर उकास्न सकिने भएकाले कृषि मन्त्रालय र त्यस मातहतको जनशक्तिको योगदान धेरै महत्वपूर्ण रहने बताए।

उनले माटोको अवस्था, वातावरण आदिमा सुहाउँदो कृषि र पशुपालनलाई ब्यवसायिक बनाउन आवश्यक रहेको बताए। कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्माले किसानलाई आफ्नो पेशा प्रति निराश हुन नदिने बताए। उनले कर्णाली प्रदेशमा मन्त्रालयले अघि बढाएका कार्यक्रमको नतिजा विस्तारै देखिँदै गएको समेत दाबी गरे।

Logo