मानव अधिकार रक्षाका लागि सरकार प्रतिबद्ध छः मन्त्री भण्डारी

मानव अधिकार रक्षाका लागि सरकार प्रतिबद्ध छः मन्त्री भण्डारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले मानव अधिकारको सम्मान, संरक्षण, प्रवर्द्धन र सुनिश्चितता गर्नेकाम राज्यको दायित्व भएको बताएका छन्।

मंगलबार काठमाडौँमा आयोजित व्यवसाय र मानव अधिकारसम्बन्धी कार्ययोजना सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री भण्डारीलेसरकारले अन्तर्राष्ट्रिय मञ्चमा मानव अधिकार रक्षाका लागि गरेका प्रतिबद्धतालाई योजनावद्ध रुपमा कार्यान्वयन गर्नेपनि बताएका हुन्।

सो क्रममा उनले सरकारले मानव अधिकार सम्बन्धी राष्ट्रिय कार्ययोजना निर्माण र कार्यन्वयनमा ध्यान दिएको उल्लेख गरे।‘मानव अधिकार सम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा छ। उक्त कार्ययोजनाले उद्योगी,व्यवसायी, प्रतिष्ठान र मानवअधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघको मार्गदर्शन सिद्धान्तलाई दृष्टिकोण गरि छुट्टै राष्ट्रिय कार्ययोजनालाई लागू गर्ने व्यवस्था गरेको छ,’उनले भने।

राष्ट्रिय कार्ययोजनामा श्रमिक,उपभोक्ता, महिला तथा बालबालिका, वैदेशिक रोजगारीमा गएका कामदार, जनजाती,लैङ्गिक समानता तथा जातिय भेदभावविरुद्धको अधिकारलगायतका मानव अधिकारसँग सम्बन्धित विषयहरु समावेश गरिएको मन्त्री भण्डारीले जानकारी दिए।

उनले अहिलेको अवस्थामा आर्थिक क्रियाकलापहरुलाई बढाउनको लागि परम्परागत व्यवस्थाहरुमा सुधार गर्न आवश्यक रहेको औँल्याउदै त्यसका लागि सरकार, रोजगारदाता र श्रमिक तीनैवटा पक्षलाई सन्तुलनमा राखेर जानुपर्ने बताए।

मन्त्रालयले आगामी २०८१–८२ सम्मको दशकलाई आन्तरिक रोजगार प्रवर्द्धन दशकको रुपमा अगाडि बढाउने गरी गृहकार्य गरिरहेको उनले जानकारी दिए।

Logo