मधेस प्रदेश सरकारबाट बाहिरियो जनमत पार्टी, समर्थन पनि फिर्ता

मधेस प्रदेश सरकारबाट बाहिरियो जनमत पार्टी, समर्थन पनि फिर्ता

केन्द्रबिन्दु
0
Shares

मधेस । मधेश प्रदेश सरकारमा सुरुदेखि नै सहभागी रहेको जनमत पार्टी सरकारबाट बाहिरिएको छ । सरकारमा सहभागी दुई मन्त्रीलाई जनमतले फिर्ता बोलाएको हाे । यससँगै जसपा नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।

प्रदेश प्रमुख हरिशंकर मिश्रलाई मधेश सरकारबाट बाहिरिएको पत्र बुझाइएको जनमतले जनाएको छ ।

शिक्षा तथा समाज कल्याणमन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंह सरकारमा सहभागी रहेकोमा फिर्ता बोलाएर सरकारबाट बाहिरिएको पत्र बुझाइएको जनमत पार्टीका प्रदेश सांसद संजय यादवले बताए ।

सरकारमा सहभागी भएदेखि नै जसपा र जनमत पार्टीबीच मतभेद रहँदै आएको थियो ।

Logo