राष्ट्रपति पौडेलले गरे संसद्का दुवै सदनको अधिवेशन आह्वान

राष्ट्रपति पौडेलले गरे संसद्का दुवै सदनको अधिवेशन आह्वान

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको अधिवेशन माघ २२ लाई आह्वान गरेका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले संसद्का दुवै सदनको अधिवेशन माघ २२ गते सोमबारका लागि आह्वान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा सुरु हुने अधिवेशन दिउँसो ४ बजेका लागि बोलाइएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले संसदका दुवै सदनको बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

Logo