राष्ट्रिय सभा निर्वाचन: मधेस प्रदेशमा मतदान सुरु

राष्ट्रिय सभा निर्वाचन: मधेस प्रदेशमा मतदान सुरु

केन्द्रबिन्दु
0
Shares

जनकपुरधाम । राष्ट्रियसभा सदस्य निर्वाचन, २०८० अन्तर्गत मधेस प्रदेशमा बिहीबार मतदान सुरु भएको छ । मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने महिला र अन्य समूह (खुला) गरी दुई पदका लागि मतदान हुनेछ ।

महेन्द्र नारायण निधि संस्कृति केन्द्र जनकपुरधाममा हुने निर्वाचनमा प्रदेशसभा सदस्य र पालिका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षका लागि छुट्टाछुट्टै दुई मतदान केन्द्र कायम गरिएका छन् ।

प्रदेशसभा सदस्यका लागि हरियो र पालिका प्रमुख तथा उपप्रमुखका लागि रातो रङको मतपत्रको व्यवस्था गरिएको छ । मतदान बिहान ७ देखि अपराह्न ३ बजेसम्म हुनेछ। मतगणना महेन्द्र नारायण निधि संस्कृति केन्द्रमै गरिने प्रदेश निर्वाचन कार्यालय जनकपुरधामले जनाएकाे छ।

मधेसमा दुई सदस्यका लागि पाँच जनाले उम्मेदवारी दिएका छन्। अन्य समूहतर्फ नेपाली कांग्रेसका आनन्दप्रसाद ढुङ्गाना (धनुषा), नेकपा (एमाले) का कुमारी विजेता झा (धनुषा) र जनमत पार्टीका रामशङ्कर महासेठ (धनुषा)ले उम्मेदवारी दिएका छन्। महिलातर्फ एमालेबाट उषादेवी थरुनी (पर्सा) र जनता समाजवादी पार्टी (जसपा) बाट पूजा चौधरी (रौतहट) को उम्मेदवारी परेको छ ।

Logo