राष्ट्रिय सभा निर्वाचनः कर्णाली प्रदेशमा मतदान सुरु

राष्ट्रिय सभा निर्वाचनः कर्णाली प्रदेशमा मतदान सुरु

केन्द्रबिन्दु
0
Shares

सुर्खेत। राष्ट्रिय सभा निर्वाचन अन्तर्गत कर्णालीमा मतदान सुरु भएको छ । बिहान नौ बजेदेखि नै मतदान सुरु भएको हो ।

मतदानमा लागि प्रदेशका सांसद तथा स्थानीय‌ तहका जनप्रतिनिधि प्रदेश निर्वाचनको कार्यालय बाहिर सहभागी छन्। मतदानका लागि दुईवटा मतदान केन्द्र राखिएको छ।

गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया (रुकुम पश्चिम)अन्य, नेकपा माओवादीका विष्णु विक ‘विकल्प’ (कालिकोट) दलित र एकीकृत समाजवादीकी सावित्री मल्ल (दैलेख)ले उम्मेदवारी दर्ता गराएका छन् ।

एमालेबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यबाट मुगुका डिल्लीप्रसाद भट्ट र दलित कोटाबाट दैलेखका हिक्मत विकले उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रदेश सभाका सदस्यहरूको मतभार सङ्ख्या दुई हजार १२० र पालिकाका जनप्रतिनिधिको दुई हजार ९६४ मतभार गरी जम्मा ५ हजार ८४ मतभार छ।

Logo