राज्यका निकायहरुलाई स्वतन्त्रतापूर्वक काम गर्न दिए मात्र देश बन्छः रवि लामिछाने

राज्यका निकायहरुलाई स्वतन्त्रतापूर्वक काम गर्न दिए मात्र देश बन्छः रवि लामिछाने

केन्द्रबिन्दु
0
Shares

काठमाडाैँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राज्यका निकायहरुलाई स्वतन्त्रतापूर्वक काम गर्न दिए मात्र देश बन्ने जिकिर गरेका छन्। आज बिहान सामाजिक सञ्जालमा लेख्दै उनले साे जिकिर गरेका हुन्।

यस्तै लामिछानेले देश बन्न पहिलाका हाइज्याकरहरुको चुनावबाट अन्त्य गर्नुपर्ने बताए। उनले स्वाद र सुविधा अनुसार गलत ज्ञान पेलेर देश बिर्गेकाे समेत दावी गरे।

नागरिकका अधिकार बीचमा बसेर लुट्ने र हाइज्याकरको रक्षाका लागि दिनरात खट्ने ८/१० थान मतियार (न्यारेटिभ सेटर) हरुले लामो छुट्टी लिए, सामाजिक सञ्जाल पनि अझ इन्ट्रेस्टिङ उनले लेखेका छन् । स्वाद र सुविधा अनुसार गलत ज्ञान पेलेको पेलेको पेलै नगरे पनि देश बन्ने उनले लेखेका छन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै भने, ‘राज्यका निकायहरुलाई स्वतन्त्रतापूर्वक काम गर्न दिने “सर्वदलिय सहमति” गरेको दिनदेखि देश बन्न सुरु हुन्छ। संविधानले परिकल्पना गरेको समाजका लागि, आवश्यक कानून बनाउन सिङ्गो संसदले “सर्वदलीय प्रतिवद्द्ता” गरेको दिन देश सुमार्गमा हिड्न सुरु हुन्छ। त्यसपछी मिडिया/सोसल मिडियामा कसैलाई फसाउन वा बचाउन कोहि दिनरात नाङ्गो भैरहनु पर्दैन। आफू माथि प्रश्न उठ्दा आँखा जुधाएर सामना गर्ने हिम्मत आफै गरौं ,तलबी सेना अफ बिटमा ननचाऔं। फेस गरौं, फेस नलुकाऔं। ब्यवस्थाका केही हाइज्याकरहरुलाई चुनावबाट हराउन आँट गरे मात्र पुग्छ। नागरिकका अधिकार बिचमा बसेर लुट्ने र हाइज्याकरको रक्षाकालागी दिनरात खट्ने ८/१० थान मतियार (न्यारेटिभ सेटर) हरुले लामो छुट्टी लिए, समाजिक संजालपनि अझ इन्ट्रेस्टिङ बन्थ्यो। स्वाद र सुविधा अनुसार गलत ज्ञान पेलेको पेल्यै,पेलेको पेल्यै,पेलेको पेल्यैपनि नगरौं, देश बन्छ। अन्त्यमा, देश बन्छ तर कहिले बन्छ त भन्दा, हाइज्याकरहरुको अन्त्य चुनाव बाट गरेपछी मात्रै बन्छ।’

Logo