राष्ट्रिय सभा निर्वाचनमा ७० प्रतिशत मत खस्यो

राष्ट्रिय सभा निर्वाचनमा ७० प्रतिशत मत खस्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । निर्वाचन आयोगले आज साँझसम्म राष्ट्रिय सभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक गर्ने तयारी गरेको छ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आज बिहानदेखि देशका सातै प्रदेशमा शान्तिपूर्ण र उल्लासपूर्ण रुपमा मतदान कार्य जारी छ।

हालसम्म करिब ७० प्रतिशत मतदान भइसकेको शर्माले जानकारी दिए। ‘मतदान शान्तिपूर्ण र उल्लासपूर्ण रुपमा भइरहेको छ। अहिलेसम्म (११ः ३०) करिब ७० प्रतिशत मत खसिसकेको अवस्था हो।’

उनले दिउँसो तीन बजेसम्म मतदान कार्य जारी रहने र त्यसपछि मुचुल्का तयार गर्ने बताए। साढे चार बजे पछिदेखि मतगणना सुरु हुने र साँझ ८ बजेसम्म नतिजा आउने जानकारी शर्माले दिए। ‘आज बेलुका करिब ८ बजेसम्म नतिजा आइसक्ने अपेक्षा आयोगले गरेको छ,’पौडेलले भने।

Logo