गठबन्धनलाई पाखा लगाउँदै कोशीमा एमालेकी रुक्मिणी कोइराला निर्वाचित

गठबन्धनलाई पाखा लगाउँदै कोशीमा एमालेकी रुक्मिणी कोइराला निर्वाचित

केन्द्रबिन्दु
0
Shares

कोशी । कोशी प्रदेशमा नेकपा एमालेकी रुक्मिणी कोइराला राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी छन् ।

सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रकी चम्पादेवी कार्कीलाई हराउँदै एमालेकी रुक्मिणी निर्वाचित भएकी हुन् । एमाले र राप्रपाको समर्थन पाएकी कोइराला ५ हजार ८६ मतभार पाउँदै निर्वाचित हुँदा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थन पाएकी चम्पादेवी कार्कीले ४ हजार ९९२ मतभार मात्रै पाइन् ।

प्रदेशसभातर्फ एमालेकी कोइरालालाई ४९ र कार्कीलाई ४४ जनाले मतदान गरे । स्थानीय तहतर्फ काेइरालालाई १३१ जना र कार्कीलाई १४० जनाले मतदान गरेका थिए ।

Logo