कोशीमा गठबन्धनबाट ‘फ्लोर क्रस’, पछि परे सिटौला

कोशीमा गठबन्धनबाट ‘फ्लोर क्रस’, पछि परे सिटौला

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय सभा निर्वाचनअन्तर्गत कोशी प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका कृष्ण सिटौला पछि परेका छन् ।

अन्यतर्फ उठेका सिटौलालाई गठबन्धनका ४७ जना प्रदेशसभा सदस्य रहेकोमा ४५ जनाले मात्रै भोट हालेका हुन् । यता एमालेको साथ पाएका राप्रपाका उद्धव पौडेललाई ४७ जनाले मत हालेका छन् । हाल स्थानीय तहको मतगणना जारी छ ।

कोशीमा गठबन्धनबाट फ्लोर क्रस हुँदा महिलामा एमालेकी रूक्मिणी कोइराला विजयी भएकी छन्। उनले ५ हजार ८६ मत प्राप्त गरेकी छन्। उनको प्रतिस्पर्धी माओवादी केन्द्रकी चम्पादेवी कार्कीले ४ हजार ९९२ मत पाइन् । स्थानीय तहमा सत्तागठबन्धनका १७ जना जनप्रतिनिधि र प्रदेशमा तीन जना सांसदले ‘फ्लोर क्रस’ गरेको पाइएको छ।

Logo