काेशीमा कांग्रेसका कृष्णप्रसाद सिटौला विजयी

काेशीमा कांग्रेसका कृष्णप्रसाद सिटौला विजयी

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय सभा निर्वाचनअन्तर्गत कोशी प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका कृष्ण सिटौला राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् । कोशी प्रदेशबाट अन्यतर्फ उम्मेदवार बनेका सिटौलाले एमालेकाे साथ पाएका राप्रपाका उम्मेदवार उद्धव पौडेललाई हराउँदै निर्वाचित भएका हुन् ।

सिटौलाले प्रदेशसभातर्फ २३८५ मतभार पाए भने पौडेलले २४९१ मतभार पाए । गठबन्धनका ४७ जना प्रदेशसभा सदस्य रहेकोमा ४५ जनाले मात्रै भोट हालेका थिए । तर, स्थानीय तहतर्फ सिटौलाले २९०७ मतभार पाउँदा पौडेलले २०७१ मतभार मात्र पाए । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको समर्थन पाएका सिटौलाले कुल ५२९२ मतभार पाए ।

यता पौडेलले भने ४५६२ मतभार पाए ।

Logo