कांग्रेसको काम भनेको देश र जनताको हित गर्नु होः गगन थापा

कांग्रेसको काम भनेको देश र जनताको हित गर्नु होः गगन थापा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काङ्ग्रेसको धर्म भनेको देश र जनताको हितमा गर्नु रहेको बताएका छन् ।

शुक्रबार नेपाली कांग्रेसको ७८औं स्थापना दिवसको अवसरमा केन्द्रीय समितिले पार्टी कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रममा उनले नेपाली काङ्ग्रेस पार्टी बनेको निर्वाचन लड्न, हार्न र जित्न मात्रै नभएको भन्दै जनताको हितको लागि निरन्तर लाग्न आवश्यक भएको बताए ।

उनले भने, ‘नेपाली काङ्ग्रेस पार्टी स्थापना जनताका लागि भएको हो । देशमा निर्वाचन हुन्छ । त्यसैले निर्वाचन लड्ने, हार्ने र जित्ने कुरा काङ्ग्रेसको जीवनको एउटा सामान्य कुरा हो । एउटा पक्ष मात्रै हो । जसरी पानी, आगो, रुख, सूर्यको सबैको आफ्नो आफ्नो धर्म हुन्छ त्यसैगरी काङ्ग्रेसको धर्म भनेको देशको हित गर्नु र भुईंमा बसेका जनतालाई माथि उठाउनु हो ।’

उनले कांग्रेस सुशासन र उन्नतीको यात्रामा अझै धेरै पछाडि रहेको भन्दै काङ्ग्रेसले संकल्प गर्ने समय पनि आजै भएको बताए ।

यस्तै, उनले अब दिनमा जिल्ला र केन्द्रमा होइन् वडामा मात्रै कार्यक्रम हुने जानकारी दिए । उक्त कार्यक्रममा भाषण र औपचारिक होइन् सामाजिक सेवाको कार्यक्रम हुने बताए । उनले भने, ‘भोलिबाट देशैभरि काङ्ग्रेसको समुदाय अभियान सुरु हुन्छ । सहिद दिवसको दिनमा ६ हजार ७ सय ४३ वटा वडामा मात्रै कार्यक्रम हुन्छ जिल्ला र केन्द्रमा कुनै कार्यक्रम हुदैंन् । तपाइँ जहाँको क्रियाशील सदस्य हुनुहुन्छ, त्यही वडामा पुग्नुपर्छ र त्यो दिन कुनै भाषण र औपचारिक कार्यक्रम हुदैंन् । त्यो दिन कुनै एउटा सामाजिक सेवाको कार्यक्रम गर्छौं ।’

Logo